झापा– कहिले साइकलसमेत रोकेर कडा रुपमा गरिने सुरक्षा चेकजाँच अनि कहिले ठूला साधनलाई पनि बेरोकटोक आवतजावत गर्न दिने वातावरण। भारतीय पक्षले नेपालविरुद्ध नाकाबन्दी लगाएपछि पूर्वी नाकामा भारतीय सुरक्षा बलको यस्तो फरक व्यवहार सधैँ देखिन थालेको छ।एकैछिनमा हुने कडाई र एकैछिनमा हुने खुकुलोपनले भारतीय नियत बुझ्नै कठिन हुँदै गएको छ ।
संविधानविरुद्ध खुला रुपमा असहमति जनाउँदै नेपालमाथि जाइलागेको भारतीय संस्थापनले लादेको नाकाबन्दी शुरु भएपछिका केही दिन काँकडभिट्टा–पानीट्यांकी नाका ओहोरदोहोर गर्ने हरेक नेपालीले ज्यादै सास्ती व्यहोरे । अरु बेला कसैले वास्ता नगर्नेहरु पनि लामो सुरक्षा जाँचको झञ्झटमा फँसे । तर, कुनै –कुनै दिन सर्वसाधारणले सजिलै वारिपारि गर्न पाए । अघिल्लो दिन बिहीबार दिनभरी नेपालबाट गएको साइकलसमेत रोकेर कडा रवैया देखाएको भारतीय सुरक्षा बलले शुक्रबार दिनभरी भने कुनै अवरोध गरेन ।
नेपाली नम्बरप्लेटकै साना तथा ठूला सवारी साधनले शुक्रबार दिनभरी निर्वाध वारिपारि गर्न पाए । छिनछिनमै फेरिइरहेको भारतीय व्यवहारबाट नेपाली प्रशासन पनि आश्चर्यमा छ । 'भारतीय सुरक्षा बलको व्यवहार बुझिनसक्नु देखियो', झापाका एक जना प्रहरी अधिकारीले भने 'बिहीबार मेची पुलमा घण्टौं जाम हुने गरी सुरक्षा जाँच भएको थियो । शुक्रबार दिनभरी फेरि कुनै अवरोध भएन । अब शनिबार के हुन्छ, त्यो हेर्नुछ ।' उनका अनुसार शुक्रबार अरु सामान्य बेला जस्तै निर्वाध रुपमा नाका चल्यो ।
तर, के यसलाई अब पूर्वी नाका पूरै खुकुलो पारेको मान्न सकिन्छ त ? 'त्यस्तो भनेर पत्याउनै अब गाह्रो भएको छ', भारत पानीट्यांकीका व्यवसायी सुमन राईले भने 'हिजो त्यस्तो कडा भयो, आज यस्तो खुला छ । यसअघि पनि यस्तै व्यवहार दिनैपिच्छे देखिएको छ । त्यसैले केही भन्न सक्ने अवस्था रहेन ।' लामो भारतीय नाकाबन्दीले पीडित बनेका नेपाली भने भारतीय कदम आफ्नो व्यापार लक्षित भएको बताइरहेका छन् । मेची उद्योग वाणिज्य संघका कार्यकारी सदस्य चेतन विष्टका अनुसार भारतीय पेट्रोल पम्पहरुमा नेपाली नम्बर प्लेटका साधनलाई इन्धन दिन रोक लगाइएको छ । तर, भारतीय सुरक्ष ाबलकै आँखा अघि त्यहाँका स्थानीयले ज्यादै धेरै मुल्य लिएर पेट्रोल चाहिँ बेचिरहेका छन् । दशैं किनमेलका लागि भारतीय बजार पुग्ने नेपालीको संख्या पनि उत्तिकै छ । 'नेपाली पक्षलाई दुःख दिइरहने तर आफ्नो व्यापार स्वार्थ पनि लादिरहने नियत भारतको देखिन्छ', उनले भने 'हेर्दा सामान्य जस्तो लाग्ने तर गहिरिएर बुझ्दा पूरै नियोजित ढंगमा गरेजस्तो व्यवहार भइरहेको छ ।' चाडपर्वको मुखमा किनमेलका लागि भारतीय बजार जाने सर्वसाधारणको भीड सधैँ भारतीय बजारमै बढी हुन्छ । गुणस्तर ख्याल नगरी सामान किन्ने बानी परेका नेपाली उपभोक्ता यता भन्दा केही सस्तो पाइने आशमा भारतीय सीमाका बजार पुग्छन् । नेपाली व्यापारीहरु भारतले तिनै ग्राहक नभड्किउन भन्ने ध्येय राखेर उतारचढावपूर्ण व्यवहार गरेको बताउँछन् ।
त्यसो त 'नेपाली नाकाहरुमा असुरक्षा रहेको' झुटो दाबी गरेर भारतीय संस्थापनले धेरै नाका ठप्प पार्यो । धर्ना र अवरोध नभएपनि अवरोध गरेको काँकडभिट्टा नाकाबाट नाकाबन्दीको पहिलो साताभरी कोदो, आलु, क्लिंकर जस्ता सामान मात्रै आए । यो साताको अन्तिमतिर इन्धन बल्ल आयो । दुई दिनभित्र ३५ ट्यांकर इन्धन पठाएर पूर्वी नाका केही खुकुलो पारेको सन्देश दिएको भारतीय पक्षले 'धेरै ट्यांकर पठाए पनि १० प्रतिशतमा मात्रै तेल दिने' भनेर नेपाली पक्षलाई धम्क्यायो पनि । दुई दिन त्यसै गरेको भारतीय आयल कर्पोरेशनले शुक्रबार फेरि इन्धन धेरै पठायो । शुक्रबार २ वटा ग्याँस, तीन वटा डिजेलको ट्यांकर आएको नाकाबाट थप ट्यांकर आउने तयारीमा छन् । एकातिर कम दिन्छु भन्दै त्रस्त पनि पारिरहने अनि फेरि कुनै बेला धेरैमा तेल भरिदिने भारतीय व्यवहारले नेपाली पेट्रोलियम व्यवसायी पनि छक्क परेका छन् । 'एक दिन अर्को, एक दिन अर्कै व्यवहार देखिन थालेको छ', मेचीका पेट्रोलियम व्यवसायी सुन्दर थापाले भने 'यसले भारतको कुरा बुझ्नै सकिएन ।'
भारतले नेपालविरुद्ध जारी राखेको नाकाबन्दीले नेपाली ग्राहक आश्रित व्यापार चल्ने मुख्य दुईटा बजार पानीट्यांकी र नक्सलबाडीका व्यवसायी हैरान छन् । उनीहरुको कारोबार ह्वात्तै घटेको छ । यही कारण आन्तरिक दबाब बढ्दै जाँदा भारतीय सुरक्षा बल कहिलेकाँही खुकुलो हुने अनुमान नेपाली पक्षको छ ।