चितवन– चितवनमा युवाहरुले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो जलाएका छन्। अघोषित नाकाबन्दीको विरोमा नेपाल जेसिसको अयोजनामा लायन्स चोकबाट सुरु भएको विरोध र्याली पुलचोकमा आएर समापन भएलगत्तै युवाहरुले मोदीको फोटो जलाएका हुन्।
मोदीको पुतला जलाउने भन्ने सूचनाका आधारमा कार्यक्रम स्थलमा व्यवाप प्रहरी परिचालन भएको थियो ।
युवाहरुले जलाउन खाजेको मोदीको फोटो प्रहरीले खोसेको पनि थियो । युवाहरुले प्रहरीसँग खोसा खोस गर्दै मोदीको फोटो जलाएका थिए । त्यसअघि लायन्स चोकबाट सुरु भएको र्यालीका सहभागिहरुले 'कुटनीतिक सम्बनध तोड्न पाइँदैन, नेपाल फुटाउन पाइदैन । सिमापारीबाट हुने सुरक्षाकर्मीमाथिको आक्रमण बन्द गर । आउ युवा एक हौंउ, राष्ट्रियता बचाउँ' जस्ता नारा लगाएका थिए ।
जेसिसले अयोजना गरेको विरोध ¥यालीको पुलचोकमा समापन गर्दै नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइरलाले नेपालमा नाकाबन्दी गर्ने मोदीलई विश्वले प्रतिगामी चरित्रको नेताका रुपमा पहिचान गर्ने बताए । 'विश्व स्तरको नेता बन्छु भन्ने सोच राखेर हिँडेका मोदीले छिमेकी देश नेपालमा हस्तक्षेपकारी भुमिका खेलेका छन् । नाकाबन्दी गरेर दुख दिएका छन् । यस्ले उनैको चरित्र कमजोर हुने हो' कोइरलाले भने ।
कोइरलाले नेपाल जेसिसले देशका १२५ ठाउँमा विरोध कार्यक्रम आयोजना गरेको जानकारी दिए । 'पारावाहन सम्झौताको उल्लंघन गर्दै भारतले नेपालका आन्तरिक मामलमा हस्तक्षेप गर्न खोज्यो । त्यसका विरुद्ध सचेत नागरिकहरु जाग्नु आवश्यक भएको हो' जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष कोइरलाले भने ।