चितवन–चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले स्वामी कमल नयनाचार्यका सहायक कृष्ण प्रपन्नचार्यलाई फेरि नियन्त्रणमा लिएको छ।निकुञ्ज क्षेत्र अतिक्रमण गरेर नवलपरासीको त्रिवेणीमा गजेन्द्र मोक्षधाम बनाएको आरोपमा यसअघि उनी असार २९ मा पक्राउ परेका थिए । तर हाजिर जमानीमा छुटेको उनी विरुद्ध अझै मुद्दा दायर हुन सकेको छैन। उनलाई निकुञ्जले शुक्रबार फेरि नियन्त्रणमा लिएको हो।
'हाजिर जमानिमा छुटेको व्यक्ति तोकिएको दिनमा हाजिर नहुने गरेका कारण निकुञ्जले नियन्त्रणमा लिएर हिरासतमा राख्नु परेको हो,' चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए । पहिलो पटक पक्राउ पर्दा कृष्ण प्रपन्नचार्यलाई सभासद गीता वाग्लेको जमानीमा निकुञ्जले साउन एक गते हिरासत मुक्त गरेको थियो ।
निकुञ्जले उनका विरुद्ध अनुशन्धान पुरा गरेर मुुद्दा चलाउन जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल)सँग राय मागेको थियो । तर अध्ययनको नाममा लामो समयसम्म अनुशन्धान फाइल कार्यालयमै राखेका जिल्ला न्यायाधिवक्ताले अनुशन्धान अपुरो भएको भनेर फाइल निकुञ्जमै फिर्ता पठाएका थिए। त्यसपछि फेरि अनुशन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा पठाएको पौडेलले जानकारी दिए।
व्यक्ति समातिएको २५ दिनभित्र अनुशन्धान पुरा गरेर मुद्दा चलाउनु पर्ने कानुनी व्यवस्था रहेको छ। तर समातिएका कृष्ण प्रपन्नचार्य हिरासतमा नबसेको हुँदा पक्राउ परेको २५ दिनभित्रै मुद्दा दायर गरेर थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनु पर्ने बाध्यता नरहेको जिल्ला न्यायाधिवक्ता अच्युत कुइकेलको भनाइ रहेको छ।
मुक्तिनाथ बाबाका नामले परिचित मुक्तिनाथ पिठाधिस कमल नयनाचार्यले चितवन निकुञ्जको जमिन अतिक्रमण गरे भनेर सुन्दै आएको लामो सयमदेखि नै हो। निकुञ्ज सिमनाभित्र पर्ने भनिएको गजग्राह क्षेत्रमा स्वामीले निर्माण गरेका भब्य मन्दिरहरु छन् । निकुञ्जभित्र कुनै पनि संरचना निर्माण गर्न पाइदैन। तर स्वामीले निर्धक्क भब्य मन्दिर र भवन बनाउँदै आएका थिए।
नवलपरासीको बर्दघाटदेखि दक्षिण नारायणी नदीको त्रिवेणीघाट नजिक गजग्राह क्षेत्र पर्दछ। हात्ती(गज)लाई गोही(ग्राह)ले समाएपछि भगवना विष्णु आएर बचाएको भन्ने पौराणिक कथा छ। कथामा बर्णन भएको क्षेत्रमा नै आफुले आश्रम बनाएको स्वामीको दावी रहँदै आएको छ ।
निकुञ्जको विभिन्न १४ क्षेत्रमा एक हजार १६ हेक्टर जमिन अतिक्रमण भएको छ। जसमध्ये नवलपसारी त्रिवेणीको गजग्राह क्षेत्रमा १० देखि १५ हेक्टरसम्मको जमिन धार्मिक क्षेत्रका नाममा अतिक्रमण भएको निकुञ्जले निकालेको प्रतिवेदनमा उल्लेख छ।
विस ०३४÷३५ सालदेखि अतिक्रमण हुँदै आएको सो क्षेत्रमा कमलनयानाचार्यले ५० सालयता मन्दिर नै बनाउँदै आएको निकुञ्जको भनाइ छ । प्रधानमन्त्रीदेखि मन्त्री, मुख्य दलका नेतृत्व र कर्मचारी संयन्त्रको उपल्लो तहमा कमल नयनाचार्यको राम्रो सम्बन्ध छ। निकुञ्ज क्षेत्रमा नियम विपरित सडक निर्माण गरेकोसमेत उनीमाथि आरोप छ।
निकुञ्जको आधिकारिक प्रतिवेदनमा पहुचवालाका कारण गजग्राहको अतिक्रमण हटाउन निकुञ्जको एक्लो प्रयासले मात्रै नसकिएको भनेर औंल्याइएको छ। निकुञ्जले निकालेको आर्थिक वर्ष २०६९÷०७० को वार्षिक प्रतिवेदनमा गजेन्द्र मोक्ष धाम नामक मन्दिर, पक्की विद्यालय भवन, आश्रम जस्ता संरचना निर्माण गर्दा निकुञ्ज अतिक्रमण भएको उल्लेख छ ।
स्वामी कमल नयनाचार्यले सत्ता पक्ष, प्रतिपक्ष सवै दलका मुख्य नेतृत्वलाई आफ्नो प्रभावमा राखेका छन् । दुई वर्षअघि नेपाली काँग्रेसको महासमिति बैठक नै गजेन्द्र मोक्षधाममा स्वामीले निर्माण गरेका आश्रममा नै भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा अतिक्रमणकारीलाई १० हजार रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा कैद र जरिवना दुवै हुने व्यवस्था छ ।