काठमाडौं–इन्धनको अभावसँगै सार्वजनिक सवारीसाधन न्युन चलेपछि यात्रुको सुविधाका लागि प्रहरीले आफ्ना सवारी साधन चलाएको छ। प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी आयुक्तको कार्यालयले आइतबारबाट निःशुल्क सवारीसाधन चलाएको हो।प्रधान कार्यालयले २ वटा रुट बनाएर बस सञ्चालनमा ल्याएको छ भने आयुक्त कार्यालयले २ वटा वानटन गाडी(भ्यान) सञ्चालनमा ल्याएको हो । प्रधान कार्यालयको २ वटा बस दिउस ११ वजेदेखि ४ वजेसम्म चल्नेछ भने आयुक्तको गाडी यात्रुको बढी चाप हुने विहान र बेलुकाको समय तोकेर सार्वजनिक सेवाका लागि सवारीसाधन चलाएको हो।
प्रहरी प्रवक्ता कमलसिंह बमले इन्धनको अभावसँगै सर्वसाधारण यात्रुले सवारी नपाएपछि संगठनसँग रहेको बस सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार पहिलो रुटमा नक्साल, पुतलीसडक, माइतीघर, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्कहुँदै नक्साल तोकिएको छ भने दोस्रो रुटमा नक्साल मैतिदेबी, गौशाला, कोटेश्वर, तिनकुने, बबरमहल माइतीघर, त्रिपुरेश्वर सहिदगेट, लैनचौर, लाजिम्पाट, महराजगंज, बालुवाटारबाट नक्साल तोकिएको छ।
'सर्वसाधारणले दुख पाएपछि संगठनमा रहेको साधनको उपयोग गरेका हौं,' बमले भने' बस सेवा निःशुल्क हो।' आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काका अनुसार आयुक्त कार्यालयले विहान ८ वजेदेखि ११ र बेलुका ४ वजेदेखि साँढे ६ वजे रत्नपार्कबाट २ वटा रुटमा सवारीसाधन चलाउन सुरु गरेको हो।
आयुक्तको गाडी रत्नपार्कबाट महाराजगञ्ज र रानीपोखरीबाट कोटेश्वर रुटमा चल्नेछ। सवारी सुविधा सुरु गरेको पहिलो दिन प्रहरीको १३ सय यात्रुले प्रहरीको गाडीको प्रयोग गरेको एसएसपी खड्काले जानकारी दिए। रानीपोखरी–कोटेश्वर रुटमा ५ सय ६५ जनाले सवारी सुविधा लिएका थिए भने रत्नपार्क महाराजगञ्जमा ७ सय ४५ जनाले सवारी सुविधा लिएका थिए।
इन्धनको अभावसँगै सवारी साधनको आवागमन पातलिँदा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु अलपत्र पर्न थालेपछि आफ्नो क्षमता अनुसारको सुविधा सुरु गरिएको खड्काले बताए ।काठमाडौं–इन्धनको अभावसँगै सार्वजनिक सवारीसाधन न्युन चलेपछि यात्रुको सुविधाका लागि प्रहरीले आफ्ना सवारी साधन चलाएको छ।