भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा आइतबार एक पुरुषकाे शव घोप्टो परी रगताम्य अवस्थामा फेला परेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उक्त मृतक व्यक्ति भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बस्ने स्थानीय वर्ष ५१ को कल्याण साहु रहेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनलाई कर्तव्य गरी मारिएको आशंका प्रहरीको छ। यही कारण केही शंकित व्यक्तिहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले बताए।
उनीहरुलाई प्रहरी वृत्त थिमीमा ल्याइ राखिएको उनले बताए। घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुरमा राखिएको जनाइएको छ।