रत्ननगर (चितवन)—चितवनको भरतपुरमा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।पूर्वबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८८८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट भरतपुर–११ का ५० वर्षीय नन्दराम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस