रुपन्देहीमा पौडी खेल्ने क्रममा स्विमिङ्ग पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका ३ स्थित बिग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा १ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्यालको मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। पौडेल न्युलाइट बोर्डिङ स्कुलका शिक्षक पनि हुन्।
पौडेलसंगै रहेका उनका एकजना साथीले रिसोर्टले तत्काल उद्यारको काममा सहयोग नगर्दा उपचारमा ढिलाइ भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले घटनाको थप अनुसन्धान भइरहकेको बताए।