काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी चारित्रिक प्रमाण पत्रको आवेदन केन्द्र बढाएको छ। यसअघि उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंका प्रहरी कार्यालयमा मात्रै आवेदन संकलन हुने गरेकोमा उसले ललितपुर र भक्तपुरमा समेत फारम संकलन केन्द्र बढाएको हो।विभिन्न प्रयोजनकालागि आवश्यक पर्ने प्रहरी चारित्रिक प्रमाण पत्रको आवेदन काठमाडौंमा प्रहरी प्रधान कार्यालयल, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा मात्रै बुझाउन सकिन्थ्यो।
प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार सेवाग्राहीको सुविधालाई हेरेर कात्तिक १ गतेबाट ललितपुरमा १ र भक्तपुरमा १ फारम संकलन गर्ने विस्तार गरिएको हो।
प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार सेवाग्राहीको सुविधालाई हेरेर कात्तिक १ गतेबाट ललितपुरमा १ र भक्तपुरमा १ फारम संकलन गर्ने विस्तार गरिएको हो।