विराटनगरमा एउटा समूहको आक्रमणमा परेर बुधबार राति २ जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–१५ जितु मेडिकल नजिक बुधबार राति करिब १२ बजेतिर धारिला हतियार प्रहारबाट विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बू घाइते भएका हुन्।
मध्यरातमा धारिलो हतियार प्रहारबाट तामाङ र लिम्बू घाइते भएको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘५÷६ जना युवाहरुको समूहले धारिलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका छन्। दुवै जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।’
घाइते दुवै जनाको कम्मर, तीघ्रालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। पीडितहरुले इलाका प्रहरी कार्यालयमा दिएको निवेदनमा आक्रमण गर्ने समूहले गफ गर्न भनेर बोलाएर आक्रमण गरेको उल्लेख गरिएको छ। निवेदनमा विराटनगरका कुशल पाण्डेलगायतका ५÷६ जना युवाहरुको समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
डिएसपी श्रेष्ठका अनुसार घटनाको कारण खुल्न सकेको छैन। घाइतेहरुको उपचार भइरहेको र घटनामा संलग्न भएकाहरु फरार भएका कारण किन आक्रमण गरिएको भन्ने खुल्न नसकेको हो। घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।