काठमाडौं— खेल मिलेमतो आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा सहित ५ खेलाडीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न १७ दिन थुन्न अदालतले स्वीकृति दिएको छ। राज्यविरुद्धको अभियोग स्वीकार्दै मंगलबार विशेष अदालतले पक्राउ परेको मितिदेखि लागू हुनेगरी १७ दिन थुनामा राख्न अनुमति दिएको हो।दशैँ विदाका कारण अदालत बन्द भएपछि पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, खेलाडीहरु रितेश थापा, सन्दीप राई, विकास सिंह क्षेत्री र अञ्जन केसीलाई प्रहरीले मंगलबार अदालत पेश गरेको थियो। असोज २७ गते पक्राउ परेका उनीहरुले १४ दिन थुनामा बिताइसकेका छन्। बाँकी तीन दिनभित्र अनुसन्धान नसकिए प्रहरीले फेरि म्याद थप माग गर्दै अदालत समक्ष पेश गर्नेछ। प्रहरीले अनुसन्धानका लागि अदालतसँग अनुमति लिएर ३ महिनासम्म थुनामा राख्न सक्छ।
यो पनि पढ्नुहोस्
यो पनि पढ्नुहोस्