काठमाडौं- भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामग्रीको चरम अभावले जनजीवन कष्टकर बनेको छ। अघोषित नाकाबन्दीले आपूर्ति प्रभावित हुँदा औषधि, खाद्यान्न लगायतका अत्यावश्यकीय सामाग्रीको अभाव देखिन थालेको छ। इन्धन अभावका कारण सवारी साधन सञ्चालनमा समस्या भएको छ। इन्धन नभएर गाडी चलाउन नसक्दा शैक्षिक संस्थाहरू बन्द हुने स्थितिमा पुगेका छन्। सर्वसाधारणको घरमा बिहान–बेलुकी चुल्हो बल्नसमेत बन्द हुने स्थिति आएको छ।
सरकारले पेट्रोल, ग्यास, औषधि लगायतका अत्यावश्यक समाग्रीको वैकल्पिक व्यवस्था तत्काल गर्न नसक्दा जनजीवन प्रभावित बनेको हो। नाकाबन्दीको फाइदा उठाउँदै सर्वसाधारणसँग मनपरी भाडा असुल्ने, कालोबजारी गर्ने प्रवृत्ति पनि बढेको छ। भारतीय नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने सरकारले निर्णय नै गरे पनि त्यसका लागि कुनै औपचारिक प्रक्रियासम्म अघि बढ्न सकेको छैन।
औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले नाकाबन्दीका कारण औषधिमा अभाव देखिएको बताए। 'हामीकहाँ औषधिमध्ये धेरै हिस्सा भारतबाट आउँछ,' उनले भने, 'औषधि बोकेका थुप्रै ट्रक लाइनमा छन्, नेपाल छिर्न पाएका छैनन्।'
उनले स्थलमार्गबाट औषधि आपूर्ति रोकिएपछि हवाईजहाजबाट 'ह्यान्ड क्यारी' मार्फत ल्याउने प्रयास भइरहेको जानकारी दिए। 'औषधि जस्तो संवेदनशील वस्तुको अभाव हुन नदिन विदेशबाट सामग्री ल्याउँदा औषधिलाई प्राथमिकता दिनुपर्छ,' उनले भने।
हालसम्म जसोतसो सञ्चालनमा रहेका शैक्षिक संस्थाहरू बन्द हुने अवस्थामा पुगेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका अध्यक्ष कर्णबहादुर शाहीले इन्धन अभावका कारण होस्टल सञ्चालन र विद्यार्थीलाई स्कुलसम्म ल्याउन/लान समस्या भएकाले शैक्षिक संस्थाहरू सञ्चालन गर्न नसकिने स्थिति आएको बताए। 'दसैंअघिसम्म त जसोतसो चलाइएको थियो, तर संकट लम्बिँदै गएकाले आपूर्ति सहज नभएसम्म शैक्षिक संस्था सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेका छौं,' शाहीले भने, 'अब ८० प्रतिशतभन्दा बढी शैक्षिक संस्था बन्द हुन्छन्।'
उनले बालबालिकाको भविष्यसँग जोडिएको शिक्षा जस्तो संवेदनशील क्षेत्र बन्द हुनु दुर्भाग्यपूर्ण भएको बताए। यस विषयमा प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारका अधिकारी र राजनीतिक दलका प्रतिनिधिलाई समेत जानकारी गराएको बताए। इन्धन अभावले बिहान–बेलुकी खाना पकाउनसमेत समस्या भएको उनले जनाए। 'पढ्नका लागि सहर/बजार बसेकालाई खाना केमा पकाउने भन्ने समस्या छ, बिरामी भएपछि कसरी उपचार पाउने भन्ने समस्या पनि छ,' उनले भने।
आपूर्ति व्यवस्था सहज बनाउन सरकारले प्रभावकारी पहल नगरेको अधिकांशको गुनासो छ। 'देश संकटमा परेका बेला कहाँबाट समाधान निस्केला भनेर लाग्नुपर्ने हो, तर तिमीहरू आओ, हामी सहयोग गर्छाैं भन्दा पनि भारत रिसाउला भनेर सहयोग लिन सक्ने अवस्था छैन,' सरकारका एक सचिवले भने, 'यो सरकारको नेतृत्व र राजनीतिक स्तरबाटै हुने काम भएकाले समाधानमा सबै एकमत हुनु जरुरी छ।' दह्रो कूटनीतिक पहल गरेर समाधान गर्नुको सट्टा निर्णय गरेर कर्मचारीतन्त्रमा पन्छाउने प्रवृत्तिले निकास नदिने उनले दाबी गरे।
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले इन्धन अभाव हटाउन सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिए। 'भारतको नाकाबन्दीपछि चीनबाट तेल ल्याउन आज (बुधबार) मात्रै सम्झौता भएको छ,' उनले नागरिकसँग भने, 'यो सबैभन्दा महत्वपूर्ण उपलब्धि हो, अब चीनबाट तेल ल्याउने काम अघि बढ्छ।'
उनले भारतसँगको कूटनीतिक सम्बन्ध सुधारको काम भने जारी रहने बताए। मन्त्री पुनले आपूर्ति व्यवस्था सहज बनाउन कुनै काम नगरेको भन्ने हल्ला निराधार भएको बताए। 'म, सचिवलगायत हाम्रो मन्त्रालयको टिम आपूर्ति व्यवस्था कसरी सहज गर्न रातदिन लागिपरेको छ,' उनले भने, 'धेरै भनेर मात्रै हुँदैन, केही दिनमै नतिजा देखाउँछौं।'
उनले भारतसँग प्रयास जारी गर्दै चीनबाट आपूर्तिका लागि काम अघि बढाइने बताए। 'अब कुनै एक ठाउँमा समस्या भए सिंगो मुलुक नै संकटमा पर्नुपर्ने अवस्था अन्त्य हुन्छ,' उनले भने, 'देशभित्र आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई प्राथमिकता दिँदै बाहिरबाट ल्याइने विषयमा समेत विकल्प बढाइन्छ।'
सत्तारूढ दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आपूर्ति समस्या समाधान गर्न सरकार गम्भीर रूपले लागिपरेको दाबी गरे। उनले आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि सरकारले तीन खालको प्रयास गर्ने बताए। 'भारतले नेपालमाथि गरेको अन्यायपूर्ण नाकाबन्दीलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने, नाकाबन्दी हटाउन भारतसँग कूटनीतिक पहल गर्ने र विकल्पका रूपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रयास हुनेछ,' उनले भने, 'र, त्यसका लागि व्यापार सम्झौता पुनरावलोकन र पारवाहन सम्झौता गर्नेछौं।' ज्ञवालीले तिहारअघि नै समस्या समाधान हुने बताए। उनले भारतको विकल्पमा दीर्घकालीन रूपमै चीनबाट तेल ल्याउन गृहकार्य भइरहेको बताए।