सिन्धुली–पानीसँगै परेको चट्याङ लागेर यहाँको तिनकन्या गाविस ४ माथिल्लो ढुङग्रेमा एक बालिकाको ज्यान गएको छ।बिहीबार विहान करिब साढे ६ बजे स्थानीय यमबहादुर रानामगरको घरमा परेको चट्याङले उनकी १२ वर्षीया छोरी धनमाया रानामगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन्।
घाइते हुनेमा यमबहादुरकै १५ वर्षीया छोरी निर्मला रानामगर, छिमेकी मंगली स्माइली र कुसुम स्माइली रहेको जिल्ला प्रहरी कार्यालयका प्ररही निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।
घाइते हुनेमा यमबहादुरकै १५ वर्षीया छोरी निर्मला रानामगर, छिमेकी मंगली स्माइली र कुसुम स्माइली रहेको जिल्ला प्रहरी कार्यालयका प्ररही निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।