साइबार सम्बन्धी हुने विभिन्न किसिमका अपराध अनुसन्धान र नियन्त्रण गर्न समस्या हुने गरेको छ। पछिल्लो समय साइबर अपराधका घटना दिनहुँ बढ्दै गएको छ।
साइबर अपराधका अनुसन्धान र नियन्त्रण प्रहरीको केन्द्रीय साइबर ब्यूरो काठमाडौंबाट मात्रै हुन्छ। साइबर अपराधका घटनाको निवेदन वा उजुरी परे त्यसको अनुसन्धान गर्नका लागि काठमाडौं नै पठाउनु पर्ने बाध्यता रहेको छ। ‘जिल्लामा पछिल्लो समय साइबर सम्बन्धी उजुरी र निवेदन आउनेको संख्या बढ्दो छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘हामी कहाँ उजुरी आए पनि अनुसन्धान गर्ने कुनै प्रविधि र प्राविधिक नभएकाले केन्द्रीय साइबर ब्यूरोमै पठाउने गरेका छौं।’
साइबर सम्बन्धी अपराध हेर्ने गरी प्रदेशस्तरमा एउटा मात्रै ब्यूरो स्थापना हुन सके सेवाग्राहीहरुलाई सहज हुने बताउँदै, एसपी कोइरालाले भने, ‘सेवाग्राहीलाई मात्रै नभई प्रहरीलाई पनि अपराध अनुसन्धान गर्न चाँडो हुने हुँदा कुनै पनि किसिमका अपराधमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने थियो।’ अहिले साइबर अपराधको अनुसन्धान तथा मुद्दा दर्ता काठमाडौंबाट मात्रै हुने गरेको छ। कसैले पनि साइबर अपराधका उजुरी वा मुद्दा दर्ता गर्न आए काठमाडौं जानु पर्ने बाध्यता रहेको छ।
फेसबुकको फेक आइडी, वाटस्एप, भाइबरलगायतबाट झुठा सूचना दिएर ठगी गर्ने जस्ता विभिन्न किसिमकका आपराधिक गतिविधि हुने गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख र जेष्ठ महिनामा साइबर अपराधका १० र साइबर ठगीका ४ वटा निवेदन परे। चालु आर्थिक २०७८/०७९ जेष्ठ महिनासम्ममा साइबर अपराधका ३५ र साइबर ठगीका १७ निवेदन परेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ साइबर अपराधका १ सय १६ र साइबर ठगीका ४२ उजुरी परेका छन्।
त्यस्तै, मोरङमा अन्य अपराधिक घटना केही बढेको र केही घटनामा कमी आएको तथ्यांक सार्वजनिक गरिएको छ। मोरङ प्रहरीको तथ्यांक अनुसार आथिर्क वर्ष २०७८/०७९ जेष्ठ महिनासम्ममा ज्यान सम्बन्धीका मुद्दा ४७ वटा र २०७७/०७८ मा ६० वटा मुद्दा, २०७८/०७९ जेष्ठ महिनासम्ममा लागुऔषधका मुद्दा २ सय ६५ वटा र २०७७/७८ मा १ सय ७६ वटा मुद्दा, २०७८/०७९ जेष्ठ महिनासम्ममा डाकाका मुद्दा एउटा पनि छैन भने २०७७/०७८ मा २ वटा मुद्दा दर्ता भएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ जेष्ठ महिनासम्ममा हातहतियार तथा खरखजनाका मुद्दा ५ वटा र २०७७/०७८ मा १४ वटा मुद्दा, २०७८/०७९ जेष्ठ महिनासम्ममा अपहरण तथा शरीर बन्धकका मुद्दा ८ वटा र २०७७/०७८ मा ५ वटा मुद्दा, २०७८/०७९ जेष्ठ महिनासम्ममा मानव बेचविखनका मुद्दा २ वटा र २०७७/०७८ मा ११ वटा मुद्दा, २०७८/०७९ जेष्ठ महिनासम्ममा जबरजस्ती करणीका मुद्दा ८९ वटा र २०७७/०७८ मा १ सय ३० वटा मुद्दा तथा २०७८/०७९ जेष्ठ महिनासम्ममा जबरजस्ती करणी उद्योगका मुद्दा २३ वटा र २०७७/०७८ मा ३७ वटा मुद्दा दर्ता भएको मोरङ प्रहरीले जनाएको छ।
यसैगरी, २०७८/०७९ जेष्ठ महिनासम्ममा सीमावर्ती क्षेत्रबाट चोरी तस्करीमा संलग्न १९ जना मानिस पक्राउ गरी २० वटा सवारीसाधन नियन्त्रण लिएर गरिएको कारबाहीबाट ४ करोड ९५ हजार ९१ रुपैयाँ राजश्व संकलन गरिएको थियो भने २०७७/०७८ मा ४१ जना मानिस पक्राउ गर्नुका साथै २२ सवारीसाधन नियन्त्रणमा लिएर गरिएको कारबाहीबाट ३ करोड ७७ लाख ३० हजार ८ सय २७ रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनाएको छ।