व्यक्तिगत खर्चमा चल्दै छ 'कोही भोको नहुन' अभियान
१२ कार्तिक २०७२
•
५ मिनेट पाठ
व्यक्तिगत खर्चमा चल्दै छ 'कोही भोको नहुन' अभियान
चितवन–चितवन भरतपुरका एकजना पुस्तक व्यवसायीले काम गर्न नसक्ने र किनेर पनि खान नसक्ने असक्त, वृद्धवृद्धा र बालबालिकालाई भोको नराख्ने अभियान सुरु गरेका छन्। उनले सुरु गरेको यो अभियान बिहीबार दुई वर्ष पुरा भएको छ।यो अवधिमा २८ लाख रुपैयाँ बराबरको खाना खाजा खुवाएको अभियाकर्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए। देशका ५४ सहर बजारका ६४ वटा होटलमा उनले पैसा नभएका असक्तहरुलाई खाना खुवाउने व्यवस्था मिलाएका छन्। 'ति होटलहरुले खाना खाजा खुवाउने गर्छन्। मैले महिना महिनामा भुक्तानी दिने गरेको छु,' बिहीबार नारायणगढमा भएको कार्यक्रममा पौडेलले भने । चितवन बाहिरका होटलहरुलाई बैंक मार्फत भुक्तानी दिने गरेको उनले बताए । बैंक मार्फत गरेको भुक्तानीको भौचरहरु पनि उनले कार्यक्रममा देखाएका थिए ।




भरतपुर सप्तगण्डकी चोकमा १६ वर्षअघि पुस्तक पसल सुरु गरेका पौडेलले यो कामका लागि पसलको आर्जनबाटै खर्च चलाएको बताए। 'पहिला कमाएको पनि छ। अहिले कमाएको पनि यही काममा खर्च गरेको छु। बाहिरको पैसा लिएको छैन। काम गर्दै जाँदा आनन्द आएको छ । गाह्रो लागेको छैन,' पौडेलले भने । दिनमा कुनै बेला चार सयजनालेसमेत खाने गरेको उनको भनाइ छ ।

'देवघाटमा अशक्त वृद्धवृद्धाहरु धेरै नै आउँछन् । उनीहरुलाई बोलाएरै खुवाउने गरेको छु । दिनमा बढीमा २० जनासम्म आउँछन् । पौडेलजीले पैसा महिना महिनामा दिदै आउनु भएको छ । अरुलाई लिनेभन्दा आधा रकम लिने गरेको छु,' पौडेलको अभियान अन्तर्गत देवघाटमा खाजा खाना खुवाउने गरेका मणिराम भुषालले भने । आफैले चलाउन खोजेको अभियान सुरु गरेको भनेर धेरैले पौडेलसँग आधा मुल्य मात्रै लिने गरेका छन्।

'खान आउनेले ताजा खाजा खाना खान्छन्। भित्रै बसेर खान आग्रह गर्छु। दिनमा १२÷१५ जनाले खाने गरेका छन्,' नारायणगढ पुलचोकमा रहेको होटल मोतीमहलका ऋषिराम सापकोटाले भने । पौडेलले चलाएको अभियान 'कोही भोको नहुन' भन्ने नामले नै आफु मोहित भएको र खाना खाजा खुवाउन तयार भएको सापकोटाले बताए । खाना खुवाउने अभियान चलाएका उनको सडकमा अलपत्र परेकाहरुलाई राख्ने आश्रम बनाउने बिचार छ।

'कोही भोको नहुन भन्ने अभियान म आफ्नै सम्पतिको बलमा जारी राख्न सक्छु भन्ने आँट पलाएको छ। यसका साथै सडकमा धेरै असक्त वृद्धवृद्धा र केटाकेटी देखिन्छ । उनीहरुलाई पनि एउटा राम्रो आश्रम बनाएर राख्ने सोच पलाएको छ' पौडेलले भने । दुई वर्षअघि दशैंका बेलामा तीन दिन केही नखाएको बालक भेटिएपछि आफुलाई यो अभियान चलाउने सोच आएको पौडेलले बताए ।

'दुई वर्षअघि दशैं सकिए लगत्तै म पसल खोल्न आउँदै थिए । एकजना बालकले दाई तीन दिन भयो केही खाएको छैन साह्रै भोक लाग्यो भन्यो। दशैं जस्तो पर्वमा पनि बालक भोकै बसेको देखेपछि मेरो मनले यस्तो अभियान चलाउने निधो गरेको हो,' पौडेलले भने । सुरुमा आफ्नै पसल अगाडीको कँडेल चाट हाउसमा उनले यो सुविधा दिएका थिए।

'भरतपुरबाट चितवनका अन्य बजारका खाजा पसलमा पनि खाने व्यवस्था मिलाए। खर्च थेग्न गाह्रो भएन। विस्तारै देशका अरु भागमा पनि पुगे । खर्च धानिएकै छ,' पौडेलले भने। उनको परिवारमा आमा, श्रीमती र एक छोरा एक छोरी छन् । सवैले आफ्नो काममा सहयोग र समर्थन गरेको उनले बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस