पकुवा खोलाबाट खानेपानी ल्याउन श्रमदान गर्दै मेयर हर्क साम्पाङ
०४ असार २०७९
•
३ मिनेट पाठ
पकुवा खोलाबाट खानेपानी ल्याउन श्रमदान गर्दै मेयर हर्क साम्पाङ
धरान २० पकुवा खोलाको मुहान क्षेत्रबाट पानी ल्याउन श्रमदान गर्दै मेयर हर्क साम्पाङ, र धराने युवाहरु। तस्बिरः रोहित राई
वैशाख ३० गतेको निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको प्रमुख चुनावी थियो, नगरबासीलाई खानेपानी सहजरुपमा वितरण गर्ने।  




पानीको चरम अभाव भोगिरहेका धराने जनताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई विश्वास गरेर मेयर पदमा जिताए। साम्पाङ मेयर पदमा जित भएको एक महिना पनि भएको छैन, उनी चुनावी एजेण्डा पुरा गर्न कम्मर कसेर लागिपरेका छन्। खानेपानीको बिग्रेको संरचना मर्मत गर्न, चुहावट रोक्न र नयाँ स्रोत खोजीमा उनी दिनरात खटिएका छन्। साम्पाङको निर्देशन अनुसार धरान वडा नं २० स्थित पकुवा खोलाको अध्ययनबाट पानी ल्याउन सम्भव देखिएपछि शनिबारदेखि निर्माण कार्य सुरु भएको छ। उक्त निर्माण कार्यमा मेयर साम्पाङ आफै श्रमदान गर्न खटिएका छन्।  

मेयर साम्पाङ आफै पकुवा खोलाको मुहान क्षेत्रमा पुगेर शनिबार ढुंगा बोके भने गैती र बेल्चाले टंकी निर्माणको लागि श्रम गरे। उनलाई साथ दिन सयौं धराने युवायुवतीहरु पनि श्रमदान गर्न पुगेका थिए। तिनै मध्ये एक हुन्, धरानका व्यवसायी कुन्दन श्रेष्ठ। मेयर साम्पाङको जोश र योजनादेखि प्रभावित भएर आफू पनि साथ दिन आएको श्रेष्ठले बताए। उनले भने,‘मेयरसाबको जोश र भावनादेखि म असाध्यै प्रभावित भए, त्यसैले राम्रो काममा साथ दिन आएको हुँ।’

यस्तै, गायक तथा कलाकार भक्तिराज राईले पनि जुनसुकै दलको व्यक्ति वा स्वतन्त्र भएपनि राम्रो काम गर्न चाहनेलाई साथ दिनुपर्ने बताए। उनी पनि शनिबार मेयर साम्पाङसँगै श्रमदान गर्न पकुवा खोला पुगेका थिए। ‘धरानको विकासको लागि कुन पार्टीको मान्छे भनेर नहेरौं, राम्रो काम गर्ने जो कोहीलाई साथ, समर्थन गरौं। धराने जनताले दिएको यो साथले त्यही देखाउछँ,’उनले भने।  

मेयर साम्पाङका अनुसार उनी अझै २ दिनसम्म श्रमदान गर्नेछन्। धरान मिलेर निर्माण गर्नुपर्ने भन्दै साम्पाङले साथ दिन आह्वानसमेत गरे। ‘स्वतस्फुर्त धरानबासीको साथ पाएको छुँ, यसैगरि पाउनेछुँ भन्ने आशा छ,’उनले भने,‘अहिले पानीको स्रोत बढाउन लागेका छौं। यहाँबाट पानी थप भएपछि जंगलबाट पम्प चलाउन कम हुन्छ, त्यसले विजुली र डिजेलको खर्च बचाउँछ।’

धरानको खानेपानी अभाव टार्नको लागि एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सवा २ अर्बको आयोजना कार्यान्वयन गरिएको थियो। म्याद थप गर्दै निर्माण भएपनि आयोजनाले धरानको खानेपानी समस्या हल गर्न सकेन। गएको चुनावमा पानीलाई प्रमुख एजेण्डा बनाएका साम्पाङलाई जनताले मत दिएर जिताए। अहिले उनी पानीको समस्या हल गर्न केन्द्रित भएका छन्। उनी भन्छन्,‘मेरो पहिलो प्राथमिकता खानेपानी नै हो। यसैमा केन्द्रित छुँ। बजेटमा पनि पानीलाई प्राथमिकता दिने भनेर कार्यपालिकाबाट निर्णय भएको छ।’

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार वडा नं १७ र ११ मा विष्णुचोकबाट पानी वितरण गर्ने सिस्टम सबै विद्युतबाट चल्ने हो। त्यहाँको विजुलीको मासिक खर्च मात्र १२ देखि १५ लाख हुन्छ। यहाँबाट ६,७ महिना पानी लैजाँदा मात्र पनि विजुलीको खर्च धेरै कम हुने उनले बताए। ‘त्यो सिस्टममा चौबिसै घण्टा विजुलीबाट पम्प, मोटर चल्छ। त्यसले खर्च अत्यधिक हुन्छ। यहाँबाट पानी लैजाँदा ६,७ महिना विजुली खर्च कम हुन्छ,’ उनले भने।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस