जग्गा वर्गीकरणः सरकारसँग न जनशक्ति न ज्ञान
०५ असार २०७९
•
६ मिनेट पाठ
जग्गा वर्गीकरणः सरकारसँग न जनशक्ति न ज्ञान
जग्गालाई १० किसिमबाट वर्गाीकरण गर्ने संघीय सरकारको निर्णय लागु गर्न स्थानीय तहमा गम्भीर जटिलता उत्पन्न भएको छ। जग्गालाई वर्गाीकरण गर्न स्थानीय सरकारसँग न जनशक्ति छ, न साधन र स्रोत छ। यस सम्बन्धमा विधि र कानुनी प्रक्रियाबारेमा समेत स्थानीय तहका पदाधिकारीहरू अनविज्ञ छन्। यसलाई तत्काल लागु गर्न व्यावहारिक रूपमा निकै कठिन रहेको स्थानीय तहका पदाधिकारीहरूको भनाइ छ।  




भू–उपयोग नियमावलीले जग्गालाई १० किसिमबाट वर्गाीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ। तर नियमावलीले भने अनुसार अहिलेसम्म कसैले पनि भूउपयोग परिषद गठन गरेका छैनन्। यस्तो परिषद बने पनि त्यसले कसरी काम गर्ने, कुन जग्गालाई कसरी वर्गाीकरण गर्ने भन्ने विषयमा जटिलता र अन्यौल उत्पन्न हुने निश्चित छ। ‘स्थानीय सरकारले यो निर्णय तत्काल लागु गर्न असम्भव जस्तै छ। हामी सँग न प्राविधि जनशिक्त छ, न कानुन र साधनस्रोत,’ कपिलवस्तुस्थित बाणगंगा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत टेकराज पन्थीले भने, ‘जग्गालाई कृषि योग्य हो/होइन भनेर कसरी छुट्टयाउने? मानाैं आज कसैसँग ५ कट्ठा कृषि योग्य जग्गा छ, कारणवश उसले भोलि एक कठ्ठा मात्र जग्गा बेच्नु पर्‍यो भने उसले बेच्न पाउँदैन,’ पन्थीले भने, ‘मानौं घर अगाडि खुला जग्गा छ। अहिले त्यहा धान रोपिएको छ। त्यस जग्गालाई उसले लालपुर्जामा कृषियोग्य भनी लेख्यो भने भोलि उसले त्यो जग्गा आवासीय प्रयोजनका लागि प्रयोग गर्न सक्दैन। मानाैं अहिले त्यस जग्गालाई आवासीय भनेर लेख्यो, भोलि उसले त्यहाँ कृषि प्रयोजनका लागि उपयोग गर्न सक्दैन।’  

जग्गालाई वर्गाीकरण गर्न व्यबहारिक रूपमा निकै कठिनाइ उत्पन्न हुने उनको भनाइ छ। उनले भने,‘त्यसैले कम्तीमा ३ महिना देखि ६ महिनासम्म भूउपयोग योजना लागु गरौ। त्यसपछि मात्र जग्गाको वर्गाीकरण गरौ।’ जग्गालाई १० किसिमबाट वर्गाीकरण गर्ने विषयमा अहिलेसम्म बाणगंगामा कुनै काम नभएको उनको भनाइ छ।  

मध्यपुर थिमि नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठले जग्गालाई वर्गाीकरण गरेर मात्र नयाँ किताकाट तथा दृष्टिबन्धक पास हुनेछ भनी संघीय सरकारले गरेको निर्णयको बारेमा आफू जानकार भएको तर जग्गालाई वर्गाीकरण गर्ने भन्ने विषयमा काम सुरु नभएको बताए। ‘सरकारको निर्णय थाहा पाएँ। अब यसबारेमा बुझ्दैछु,’ उनले भने, ‘यस विषयमा अब गृहकार्य सुरु गर्छौं।’  

भूमि व्यवस्थापन विभागले असार २७ गते लालपुर्जामै देखिने गरी जग्गालाई कृषि क्षेत्र या आवासीय क्षेत्र भनी वर्गाीकरण नगरेसम्म नयाँ किताकाट गर्न तथा दृष्टिबन्धक पास (जग्गा रोक्का) नगर्न देशभरका सबै मालपोत कार्यालयहरूलाई परिपत्र गर्‍यो।

उक्त परिपत्र पछि सबै मालपोत कार्यालयहरूले नयाँ किताकाट तथा दृष्टिबन्धक (जग्गा रोक्का)को काम स्थगित गरेका छन्। सरकारको यस्तो परिपत्रबाट जग्गा धितो राखी बैंकबाट ऋण लिने काम पनि पूरै रोकिएको छ। यसबाट जग्गाको खरिद विक्रीको काम समेत प्रभावित भएको भूमि व्यवस्थापन विभागको भनाइ छ।  

जग्गा धितो राखी बैंकबाट ऋण लिन मालपोत कार्यालय दृष्टिबन्धक पास (जग्गा रोक्का) गराउनु पर्छ। तर मालपोत कार्यालयहरूले लालपुर्जामा देखिने जग्गालाई वर्गाीकरण नगरेसम्म दृष्टिबन्धक पास (रोक्का) नगर्ने भए पछि बैंकरूले ऋण दिन बन्द गरेका हुन्। ‘अब एक/दुई दिनमै भू–उपयोग परिषद् गठन हुनेछ। त्यसपछि काम सुरु गर्छौ,’ मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले भने।  

संघीय मामिला मन्त्रालयका प्रवक्ता जनक जोशीले कृषियोग्य जमिनको खण्डीकरण रोक्न भूउपयोग नियमावली ल्याएको बताए। तर एकजना जनप्रतिनिधिले भने, ‘यो निर्णय लार्गु गर्न व्यावहारिक रूपमा धेरै नै कठिनाइ छ। यसबाट सर्वसाधारणले ठूलो सास्ती भोग्ने छन्। तत्कालका लागि सरकार यो निर्णयबाट पछि नहटी सुखै छैन। ’  

भू–उपयोग नियमावलीमा आवासीय प्रयोजनका लागि नयाँ कित्ताकाट न्यूनतम १सय ३० वर्ग मिटर क्षेत्रफल ओगटेको जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी आवासीय प्रयोजनकोलागि नयाँ कित्ताकाट गर्दा ५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणा बढी हुनुपर्ने व्यवस्था गरिएको छ। जग्गाको खण्डीकरण रोक्नकोलागि यस्तो व्यवस्था गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।।  

नियमावलीअनुसार कृषि योग्य जमिनमा कित्ताकाट गर्नका लागि काठमाडौ उपत्यकामा न्यूनतम ५सय वर्ग मिटर, तराई र भित्री मधेसमा न्यूनतम ६ सय ७५ र काठमाडौं, भित्री मधेस र तराईबाहेकका जिल्लामा न्यूनतम १ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ।  

तर, कित्ताको आकार वा क्षेत्रफल अमिल्दो भई सीमानको अर्कोतीरबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलानका लागि कित्ताकाट गर्न सकिने व्यवस्था नियमावलीमा छ। नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गाीकरण गर्ने व्यवस्था गरिएको छ। वर्गाीकरणको गरिएको विवरण लालपुर्जामै देखिने गरी उल्लेख गर्नु पर्नेछ।  

नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गाीकरण गर्ने व्यवस्था गरिएको छ। एउटा प्रयोजनमा वर्गाीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने व्यववस्था नियमावलीमा गरिएको छ। कृषि प्रयोजनका लागि उल्लेख गरिएको जग्गा आवासीय तथा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था छ। निययमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदिनाला ताला सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पूरातात्विक महत्वको क्षेत्र तथा नेपाल सरकारको आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ। यस व्यवस्था अनुसार आवासीय क्षेत्र भनी लालपुर्जामा उल्लेख गरिएको कित्तामा मात्र घर निर्माण गर्न पाइनेछ। नियमावली अनुसार, आवास बाहेक अन्य विवरण लेखिएको कित्तामा कसैले घर बनाउन चाहेमा स्थानीय सरकारले नक्सा पासका लागि अनुमति दिने छैन। यसैगरी कृषि भनी उल्लेख गरिएको जग्गामा कृषि प्रयोजनबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न सकिने छैन।  

नापी विभागले तयार गरेको भू–उपयोग डाटा तथा स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था नियामवलीमा छ। नापी विभागले यसअघि नै ७ सय ५३ वटै स्थानीय तहलाई भू–उपयोग डाटा उपलब्ध हस्तान्तरण गरिसेको छ। जग्गालाई १० किसिमबाट वर्गीकरण गर्न गाउँपालिका भए गाउँपालिका अध्यक्ष तथा नगरपालिका भए नगरपालिकाको अध्यक्षको संयोजकत्वमा भू–उपयोग परिषद् गठन गर्ने व्यवस्था गरिएको छ।  

भू–उपयोग परिषद्ले सो प्रयोजनका लागि अध्ययन गरी प्राविधिक प्रतिवेदन पेश गर्न माटो, भूगर्भ, कानुन, भू–उपयोग योजना, कृषि, वन, वातावरण भूमि, नापी, तथा सहरी योजना बिशेषज्ञलाई समेत राखी स्थानीय तहका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा एउटा समिति गठन गर्ने व्यवस्था गरिएको छ। परिषद्ले दिएको सिफारिशको आधारमा जग्गा वर्गाीकरण गर्ने अधिकार स्थानीय सरकारलाई हुनेछ। भू–उपयोग परिषद्ले वर्गाीकरण गरेको जग्गामा कसैलाई चित्त नबुझे अदालतमा जाने अधिकार पनि नागरिकलाई हुनेछ। यो अधिकार नियमावलीमै उल्लेख गरिएको छ।  

नियमावली अनुसार स्थानीय सरकारले जग्गा वर्गाीकरण गरिसकेपछि वर्गीकरण गरिएको जग्गाको सबै विवरण समेटेर सूचना प्रकाशित गर्नुपर्ने छ। सूचना प्रकाशित भइसकेपछि लालपुर्जामा अद्यावधिक गरी देखिने गरी जग्गाको विवरण समावेश गर्ने व्यवस्था नियमावलीमा उल्लेख छ। कुनै विशेष कारणवश भू–उपयोग परिवर्तन गर्ने अधिकार स्थानीय सरकारलाई हुने छ। नियमावलीअनुसार कुनै विपद् वा प्राकृतिक कारणले कुनै स्थान वा वस्ती असुरक्षित भएमा त्यस्तो स्थानमा बसोबास गरेको परिवारलाई सुरक्षित सुरक्षित स्थानमा बसोबास गराइ भू–उपोग परिवर्तन गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस