आँखामा चोट लाग्दा हेलचक्रयाई नगर्नु
१४ कार्तिक २०७२
•
५ मिनेट पाठ
आँखामा चोट लाग्दा हेलचक्रयाई नगर्नु
चितवन– आँखामा चोट लाग्दा बेवास्ता गर्ने धेरै छन् । पीडा भएमा धामी झाँक्रीको भर पर्नेहरु पनि हुन्छन् । कसैले जे पायो त्यही औषधि राख्छन् ।

Birami1.jpg

रोल्पा पाङछेउदरबाट आँखाको शल्यक्रिया गर्न भरतपुर आएकी ओलसरी रोका। तस्बिर: रमेशकुमार पाैडेल

चोट लागेको आँखाको उपयुक्त उपचार नगरे सँधैका लागि दृष्टीबिहिन नै हुने खतरा रहन्छ । नेपाल नेत्र ज्योति संघ चितवन शाखाको शनिबार सम्पन्न १८ औं वार्षिक साधरणसभामा यसबारे चर्चा भएको हो ।

संघको तत्वधानमा आँखामा लाग्ने चोटपटकबाट हुने अन्धोपन रोकथामका लागि भरतपुरको आँखा अस्पतालले अनुसन्धनात्मक कार्यक्रम सुरु गरेको छ । साढे तीन वर्षसम्म चल्ने सो कार्यक्रमको पहिलो वर्ष सन् २०१४ मा चितवन र नवलपरासीका १२ गाविसमा भएको अनुशन्धानमा आँखामा चोट लागेका ९ सय ७० जनालाई उपचार गरेको संघका सचिव लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए।

अनुसन्धान कार्यक्रम चितवन र नवलपरासीका २४ गाविसमा सञ्चालन भइरहेको उनले बताए। 'आँखामा लाग्ने चोटहरु सामान्य देखिए पनि सही उपचार नपाए फुलो परेर दृष्टीबिहिन नै हुने खतरा रहन्छ। त्यस्तो नहोस् भन्नका लागि महिला स्वयंससेवीका परिचालन गरेर चोटपटक लाग्दा उपयुक्त उपचार गराउने परिपाटी सुरु गर्न खोजेका हौं,' सचिव श्रेष्ठले भने ।

अनुसन्धान कार्यक्रमका संयोजक बिमल पौडेलका अनुसार नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालयले केही वर्षअघि गरेको सर्वेक्षणमा नेपालमा दिनमा एक हजार जनालाई आँखामा चोट पटक लाग्ने भेटिएको थियो। त्यसमध्ये उपचार नपाउँदा ३ सय ५० जना अन्धोपनको सिकार हुने गरेको पौडेलको भनाइ छ । सहरमाभन्दा पनि गाउँमा आँखामा चोटपटक लाग्ने समस्या धेरै रहेको उनले बताए ।

'बालीनाली स्याहार्दा घुर र दाना पस्ने, रुखको घाँस काट्दा चोप पस्ने, झुसिल किरा र हानिकारक पुतली (मोथ)का कारण आँखामा घाउ हुने गरेको पाइएको छ,' अनुसन्धानकर्ता पौडेलले भने। शरीरको रोग प्रतिरोध क्षमता राम्रो भएमा केही चोटपटक आफै निको भएर जान्छन् । 'सामान्य चोट निको भएर जाने हुनाले गम्भीर खालका चोटमा पनि उपचार नगर्ने परिपाटी छ। धेरै पीडा हुने गरेमा गलत उपचारमा जान्छन्,' पौडेलले भने ।

अनुसन्धान कार्यक्रम चलेका गाविसहरुमा महिला स्वास्थ्य स्वयमसेवीकालाई आँखामा चोट लाग्दा सबैभन्दा पहिला एन्टिबायोटिकको झोल राख्न सिकाइएको छ । 'चोट लागेर झोल राखेको तीन दिनपछि पनि आँखामा घाउ देखिएमा तुरुन्त राम्रो चिकित्सकसँग उपचार गर्न पठाउनु भनेका छौं,' पौडेलले भने । चोट पटक लागेर एन्टिबायोटिक राखेपछि ठिक नभएकाहरु पाँच प्रतिशत मात्रै भएको र उनीहरुलाई अस्पताल ल्याइएको उनले बताए ।

'चोटपटक लाग्दा सामान्य उपचारले पनि निको हुन्छ । नभएमा तत्काल अस्पतालमा ल्याए अन्धोपनको शिकार हुनु पर्दैन । यो कुरा गाउँगाउँमा पु¥याउन आवश्यक छ । त्यसैले २४ गाविसमा हामीले अनुसन्धान सुरु गरेका हौ,ं' पौडेलले भने । यो काममा महिला स्वयमसेविकाको कामको पनि विश्लेषण हुनेछ । महिला स्वयमसेविकाको काम प्रभावकारी देखिए उनीहरुलाई देशैभर यो कामका लागि खटाइने तयारी रहेको उनले बताए ।

नेपालभर जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय निकायको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाएको छ । नेपाल नेत्र ज्योति संघ चितवन शाखाले भरतपुरमा २०४४ सालमा आँखा अस्पताल स्थापना गरेको थियो । अस्पतालको बहिरंग विभागमा गत वर्ष एक लाख पाँच हजार विरामी आएका थिए । दुई बिरामीको शल्यक्रिया भएको संघका अध्यक्ष चीजकुमार मास्केले बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस