विभिन्न कसुरमा फरार रहेका दुई कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ का धनबहादुर राना मगर र बारबर्दिया नगरपालिका–१० का आशिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।
राना मगरलाई जबरजस्ती करणी कसुरमा उच्च अदालत तुल्सिपुर नेपालगंजले ०७५ साल वैशाख १६ गतेको फैसला अनुसार ३ वर्ष ११ महिना १८ दिन कैद सजाय तोकेको थियो। त्यसैगरी थारुलाई भ्रष्टाचार कसुरमा बिशेष अदालत काठमाडाैं ले ०७८ साल असार २३ गते १ हजार जरिवाना तोकेको थियो।
अदालतले सजाय र जरिवाना तोकेको दिनदेखि दुवै जना फरार रहेका थिए। लुकिछीपी बसेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सजाय र जरिवाना भुक्तान गराउन अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।