काठमाडौं- समस्याप्रति सरकार संवेदनहीन भएको भन्दै बालुटावारस्थित नेसनल कलेजका विद्यार्थी अभियान सञ्चालन गरेका छन्। विद्यार्थीले 'स्टुडेन्ट्स भ्वाइस–वी स्पिक बिकज वी केयर!'नाम दिएर प्रत्येक दिन ९ देखि १० बजेसम्म बालुवाटारमा धर्ना सुरु गरेका छन्। कलेजका तीन विद्यार्थीको अगुवाइमा भएको अभियानमा अन्य थुप्रै स्कुल तथा कलेजका विद्यार्थीले साथ दिएका छन्। उनीहरुले अभियानमा सहभागी हुँदै सरकारमाथि दबाब दिन आग्रहसमेत गरेका छन्। उनीहरु पढ्न पाउनुपर्ने र इन्धन संकट अन्त्य गर्नुपर्ने खालका सन्देश दिने विभिन्न नारासहितको प्लेकार्ड बोकेर एक घन्टा धर्ना दिन्छन्।
उनीहरुले पठनपाठन बन्द भएका कलेजका विद्यार्थीलाई धर्नामा सामेल गराउने र पढ्न जाने तर सवारी साधन नपाएका विद्यार्थी सवारी रोकेर चढाएर स्कुलकलेज पठाउन सहजीकरण गरिरहेको अभियानमा संलग्न विद्यार्थी सन्तोष पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार इन्धनको विकल्पसहित व्यवस्था गरेर सम्पूर्ण शिक्षण संस्था सुचारु हुने अवस्था नबन्दासम्म यो अभियान जारी राखिनेछ। पाण्डेले तराई क्षेत्रका विद्यार्थी ७५ दिनदेखि पढ्न नपाएको र अन्य क्षेत्रका पनि अधिकांश स्कुल र कलेज बन्द हुँदा पनि सरकार संवेदनशील नभएको आरोप लगाए।