बुवा जेलमा, आमाको निधन, छोराछोरीको विचल्ली
०६ असार २०७९
•
३ मिनेट पाठ
बुवा जेलमा, आमाको निधन, छोराछोरीको विचल्ली
दुई वर्षअघि दुर्गबहादुर  बोहोरा जेल परेपछि १२ वर्षीया विना, १० वर्षीया ममता र ८ वर्षका विशाल बोहराको रेखदेख आमा रामपुराले गर्दै आएकी थिइन्। नरहरिनाथ गाउँपालिका–९ भाटगाउँकी रामपुराको बिहीबार मृत्यु भयो। बुवा जेल परेपछि आमाको संरक्षणमा रहेका तीन बालबालिका आमानै वितेपछि अहिले साहारा विहिन भएका छन्। ‘बालबालिकाका बुवा दुई वर्षदेखि विभिन्न तीन वटा मुद्दामा जिल्ला कारागार कालिकोटमा थुनामा हुनुहुन्छ,’ वडाध्यक्ष प्रदिप बोहराले भने, ‘सहारा दिने आमाको पनि मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको हो।’




बालबालिकाका बुवा दुर्गबहादुर विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन्। १० वर्षे सशस्त्र द्वन्द्वमा पनि सहभागी भएका उनी आफैले बोकेको ग्रिनेट पड्किँदा अपाङ्ग भएका थिए। विप्लव माओवादीमा संलग्न उनलाई २०७७ पुस १९ गते जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ गरेको थियो। दुर्गबहादुरलाई राज्यले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ निर्माण र राजद्रोहको आरोपमा पुर्पक्षका लागि थुनामा राखेको छ।  

वडाध्यक्ष बोहराले बुवा जेलमा र आमाको मृत्यु हुँदा बालबालिकाको सहारा खोसिएको बताए। ‘बालबालिकाका बुवा १० वर्षे सशस्त्र द्वन्द्वकै बेला अपाङ्ग हुनुहुन्थ्यो, पछि विप्लव नेतृत्वको नेकपा माओवादीमा संलग्न हुनुभयो,’ उनले भने, ‘बालबालिकाको सबै हेरचाह आमाले गर्नुहुन्थ्यो, आमाको मृत्युपछि बालबालिका बेसहारा भएका छन्।’ अध्यक्ष बोहराका अनुसार बालबालिकाले आमा–बुवाको सोधीखोजी गरिरहेका छन्। बोहरा दम्पत्तीका चार सन्तान हुन्। चार मध्ये एउटालाई तीन वर्षअघि दाङको एक बाल संरक्षण गृहमा राखिएको वडाध्यक्ष बोहराले जानकारी दिए। ‘पहिलेदेखिनै उहाँहरुको घरको आर्थिक अवस्था अत्यन्तै न्यून हो, त्यसमाथि बुवा सशस्त्र द्वन्द्व हुँदै विप्लव नेतृत्वसम्म आइपुग्दा राजनीतिमैै होमिएकाले आमाको एकल संरक्षणमा बालबालिका हुर्किरहेका थिए।’

तीनै बालबालिका नरहरिनाथ गाउँपालिका–९ को जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत छन्। ‘कसैले खान, लाउन र शिक्षामा सहयोग गरिदिए ठूलो राहत हुन्थ्यो,’ आफन्त दानबहादुर बोहराले भने, ‘यिनी बालबालिकालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित छु।’ तीन वटै बालबालिका अहिले दानबहादुरको संरक्षणमा छन्। ‘आफ्नो उब्जनीले घरमै खान पुग्दैन्, यस्तोमा तीन बालबालिकाको पालन–पोषण र शिक्षा कसरी दिन सकिएला र,’ उनले भने, ‘खान, लाउन र शिक्षामा कसैले सहयोग गरिदिए ठूलो धर्म हुन्थ्यो।’

पूर्पक्षका लागि कारागारमा रहेका दुर्गबहादुरले श्रीमतीको मृत्यु हुँदा पनि आफूलाई राज्यले नछोडेको बताए। ‘श्रीमतीको मृत्यु भयो, बालबालिकाको बिचल्ली छ,’ उनले भने, ‘विप्लवसँग भएको संझौता अनुसार राज्यले मसहितलाई छोड्नुपर्ने हो, तर अहिलेसम्म कुनै सुरसार छैन्।’

३७ वर्षीय दुर्गबहादुरको २०५९ कात्तिक २८ गते बम बनाउँदा नरहरिनाथ गाउँपालिकाको थाटीकोटमा विष्फोटक पदार्थ विष्फोट हुँदा हात चुडिएको थियो। ‘म द्वन्द्वकालदेखिनै अपाङ्ग छु, श्रीमतीले बालबच्चाको रेखदेख र पालनपोषण गर्ने गरेकी थिइन्,’ पुर्पक्षका लागि कारागारमा थुनामा रहेका दुर्गबहादुरले भने, ‘श्रीमतीको मृत्युको पीडा त छँदैछ, त्यसमाथि छोराछोरीको भविश्य पनि अन्धकार हुने भयो।’ उनले घरको आर्थिक अवस्था कमजोर भएकाले जेठो सन्तानलाई दाङको बाल गृहमा राखिएको बताए। ‘बाँकी तीन छोराछोरी गाउँकै स्कूलमा पढ्थे, उनीहरुलाई नदेखेको पनि डेढ वर्ष हुन लाग्यो,’ उनले भने, ‘श्रीमती गुमाउनुको पीडासँगै छोराछोरीको भविश्य सोचेर ठूलो चिन्ता र पीर लाग्ने गरेको छ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस