भक्तपुरको पत्रकारिता दवाव, प्रभाव अनि अभावबाट गुज्रिन बाध्य भएको सोमबार यहाँं आयोजित एक कार्यक्रममा यहाँंका पत्रकारहरुले बताएका छन्।
भक्तपुरका स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरूले यसले समाजलाई हित नगर्ने बताए। सहभागी पत्रकारहरुले सुशासन कायम गर्नका लागि आवश्यक खोजी पत्रकारिताको अभाव भएको महशुस गरे।
कार्यक्रममा पत्रकार रमेश गिरी, कृष्ण किसी, कृष्ण नेपाल, पेशल आचार्यलगायतले स्थानीय तहमा सुशासनको बाधकका रूपमा कर्मचारीहरू नै रहेको बताए। जनप्रतिनिधिलाई समेत कर्मचारीले घुमाउने गरेको समेत अनुभव उनीहरुले सुनाए। सुशासनका लागि कर्मचारीलाई प्रशिक्षण दिनुपर्ने उनीहरुको भनाई थियो।
अन्तरक्रियाका लागि राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानले सहयोग गरेको थियो। कार्यक्रममा पत्रकार प्रभात चलाउनेले सुशासन प्रवद्र्धनमा पत्रकारको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए।