नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको लगायतका आरोप कर्मचारीहरुले अधिकारीमाथि लगाएका थिए।
त्यसपछि सरकारले अधिकारीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो। केही दिनअघि मात्रै पर्यटनमन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो। अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए।