कमिसनको लोभले घाइतेलाई निजीमा रेफर
१८ कार्तिक २०७२
•
९ मिनेट पाठ
कमिसनको लोभले घाइतेलाई निजीमा रेफर
काठमाडौं- रसुवाको राम्चेमा बस दुर्घटना भएको खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले। बिदामा रहेका डाक्टर र नर्सलाई झिकाइयो। त्यही बेला कोही बेड खाली गराउनतिर लागे, कोही शल्यक्रियामा आवश्यक पर्ने औषधि र जनशक्ति जुटाउन थाले।अस्पतालका निर्देशक डा. बुलन्द थापा आफंै बस व्यवसायी समिति महासचिव रवि रिमालसँग कुरा गरेर घाइतेलाई ट्रमामा उपचार गराउने तयारी भइसकेको सुनाउँदै बाटोको जानकारी लिँदै थिए। तर, साँझ खबर आयो– हेलिकप्टरमा ल्याइएकालगायत सबै घाइते त्रिवि शिक्षण अस्पताल पुर्यााइयो।

ती त्रिवि शिक्षण अस्पतालमा प्राथमिक उपचार गरेपछि भने उनीहरूलाई थप शऒ्ढया नभएको भन्दै भटाभट महाराजगन्जस्थित अर्को निजी अस्पताल ग्रिनसिटी पुर्याेइयो। ट्रमाले गरेको सम्पूर्ण तयारी खेर गयो।

दक्ष चिकित्सक एवं जनशक्ति र बहुविशेषज्ञ सुविधा भएका सरकारी अस्पतालमा उपचारको तयारी हुँदाहुँदै सरकारी अस्पतालका चिकित्सक र दलालहरूको योजनामा घाइते निजी अस्पताल पुर्यारइएका थिए।

रसुवा दुर्घटना ८ गम्भीरसहित १८ घाइतेको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। १५ जनाको राति नै र ३ जनालाई बुधबार बिहान सो अस्पतालमा रेफर गरिएको थियो। 'वीर अस्पतालको एम्बुलेन्समा ल्याएका बिरामी पनि सुरुमा टिचिङ र पछि निजी अस्पताल पुर्या इएछ,' ट्रमा सेन्टरका निर्देशक डा. बुलन्द थापाले भने।

ग्रिनसिटीका अधिकांश चिकित्सक र नर्स त्रिवि शिक्षण अस्पतालमै कार्यरत छन्। लगानीकर्तामध्ये अधिकांश शिक्षण अस्पतालकै चिकित्सक हुन्। हेलिकप्टरमा ल्याइएका गम्भीर घाइते अधिकांशको शल्यक्रिया गर्नुपर्ने अवस्था छ। शल्यक्रिया गर्नु नपरे पनि सिटी स्क्यान, एमआरआईजस्ता महँगो परीक्षण गर्नुपर्ने र बेड शुल्क पनि महँगो हुनाले निजी अस्पतालले लाखांै कमाउँछन्। योवापत रेफर गर्ने चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतले मोटो रकम कमिसन पाउने स्रोतले जनाएको छ।

ट्रमा सेन्टरका निर्देशक डा. थापाले पनि उपचारका लागि ट्रमा अस्पतालले पूर्ण तयारी गरेर बसेपछि घाइतेलाई निजी अस्पतालमा पुर्यािएर ठूलो चलखेल गरिएको बताए। 'ए लेबलको ट्रमा सेन्टरमा निर्देशकदेखि १९ सर्जन विशेषज्ञ र २५ अन्य जना डाक्टर घाइते रिसिभ गर्न तम्तयार भएर बसेका थियौं,' उनले भने, 'हाम्रो करिब ७० जनाको टिम तयार थियो, दलालहरूले निजीमा पुर्यारएछन्।'

वीरका डाक्टरले राति अबेरसम्म कुरेका थिए। एम्बुलेन्स र बस चढेर आएका केही घाइते राति १० बजेतिर ट्रमा सेन्टर पुगेका थिए। अधिकांश आफ्नै पहलमा आएका र उनीहरू खतरामुक्त अवस्थाका रहेको थापाले जानकारी दिए। उनले आफूले नै पासाङ ल्हामु यातायात व्यावसायी समितिका महासचिवसँग कुरा गरेर ट्रमामा ल्याउन भनेको बताए।

स्रोतका अनुसार दुर्घटनाका घाइतेको उपचारमा व्यवसायी समितिको पैसा खर्च हुने भएकाले सरकारी अस्पतालमा कम खर्च हुँदा र नक्कली बिलसमेत बनाउन नमिल्ने हुनाले कमिसनका लागि समितिका पदाधिकारीसमेत निजी अस्पतालमै पुर्याकउन खोज्छन्। 'सबै मालामाल भए होलान्, तर ए लेबलका सरकारी अस्पतालमा हुने गुणस्तरीय सेवाबाट त बिरामी वञ्चित हुनुपर्यो ,' थापाले भने।

चिकित्सा क्षेत्रमा बढ्दो निजी लगानी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कमिसनमा बिरामीको व्यापार गर्ने क्रम ठूलो समस्याका रूपमा देखिएको वरिष्ठ चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता गम्भीर खालका दुर्घटनाको खबर आउनासाथ निजी अस्पतालहरूले एम्बुलेन्स चालकदेखि राजमार्गका साना क्लिनिक र जिल्लाका निजी अस्पतालसँग मिलेमतो गर्छन् र बिरामीलाई सरकारी अस्पतालमै नलगी निजी अस्पताल पुर्यााउँछन्। यसो गर्दा एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर २ देखि ५ हजारसम्म कमिसन पाउँछन्।

पछिल्ला दिनमा त्रिवि शिक्षण अस्पताल पदाधिकारीसहित वरिष्ठ चिकित्सकहरूले अस्पतालकै वरपर चिरायु, ग्रिनसिटी लगायतका अस्पताल सञ्चालन गरेका छन्। उनीहरू अधिकांश बिरामीलाई बेड, आइसियु नभएको बहानामा निजी अस्पतालमा रेफर गर्छन्।

अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जुनियार चिकित्सकले साँझैदेखि निर्देशक दीपक महराले नै 'बेड छैन सकेसम्म बिरामीलाई निजीमा पठाउनू' भनेर निर्देशन दिएको बताए। 'एक जना पनि बिरामीलाई अस्पतालमा भर्ना नगरिनु आश्चर्यको विषय हो,' हाडजोर्नी विभागका एक चिकित्सकले भने, 'आकस्मिक अवस्थामा शल्यक्रिया गरेपछि जुन विभागमा लगेर राखे पनि भइहाल्थ्यो।'

निर्देशक महराले भने यति गम्भीर लापरबाहीप्रति अनभिज्ञता प्रकट गरे। उनले आफू दिनभर व्यस्त भएकाले कुनै जानकारी राख्न नपाएको भन्दै आकस्मिक कक्षकै चिकित्सकसँग जानकारी लिन भने।

आकस्मिक विभागका वरिष्ठ डा. रमेशकुमार महर्जनले आफूहरूले घाइतेको तत्काल सम्भव हुने सबै उपचार गरेको भन्दै भर्ना गर्ने नगर्ने काम विभागहरूको भएको बताए। 'किन अन्य विभागमा भर्ना गरिएन निर्देशकसँग सोध्नुस्,' उनले भने, 'सर्जरी लगायतका विभागले भर्ना लिएर सर्जरी थाल्नुपर्ने हो, बेड छैन भनेपछि राति नै १५ जनालाई बाहिर पठाइएको हो।'

डा. भगवान कोइराला अस्पताल निर्देशक हुँदा यसरी बिरामीलाई बिनाकारण रेफर गर्ने डाक्टरलाई कारबाही गर्न थालेपछि केही घटेको थियो। त्यतिबेला अस्पताल प्रशासनले बिरामी रेफर गर्नुपरे कारणसहित सुरुमा अन्य सरकारी अस्पतालमा प्राथमिकता दिने र सरकारीमा बेड नभए मेडिकल कलेजमा रेफर गर्ने निर्णय गरेको थियो। अस्पतालमा डा. कोइराला हटेसँग नयाँ अस्पतालमा बिरामीको दलाली पुरानै अवस्थामा फर्केको छ। अधिकांश चिकित्सकले घाइते र अन्य बिरामीलाई समेत कमिसनका लागि निजीमा रेफर गर्छन्।

ग्रिनसिटी अस्पतालका निर्देशक एलबी टन्डनले अस्पतालमा आइपुगेकाको उपचार भइरहेको बताए। उनले घाइतेमध्ये ८ जनाको आइसियुमा र अन्यको वाडमा राखेर उपचार भइरहेको जानकारी दिए। उपचारमा संलग्न डा. विष्णु गौतमका अनुसार घाइतेमध्ये अधिकांशको एमआरआईजस्ता अत्याधुनिक परीक्षण गर्नुपर्नेछ। अधिकांशको हाडजोर्नी, टाउकोको चोट छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस