काठमाडौं- आफैं १० करोड रुपैयाँ बराबरका ठूला बस खरिद गरेर साझा यातायातलाई हस्तान्तरण गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाले साझालाई नै किन्न लगाउने भएको छ। सरकारले दिने भन्सार छुट महानगरले खरिद गर्दा नपाउने भएपछि महानगरले साझालाई नै रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो।
दस करोड रुपैयाँ बराबरका सुविधासम्पन्न बस खरिद गरेर साझालाई हस्तान्तरण गर्ने साउन २६ को सम्झौतालाई पुनरावलोकन गर्ने निर्णय महानगर बोर्ड बैठकले कात्तिक ११ गते गरेको जनाएको छ।
सहरी यातायातलाई सेवामुखी बनाउन महानगरले साझालाई छ महिनाभित्र १० करोड रुपैयाँ बराबरका बस खरिद गरेर स्वामित्व हस्तान्तरणको सम्झौता गरेका थिए। सो बराबरको सेयर पाउने गरी महानगरले बस सञ्चालनका लागि साझालाई दिने सहमति भएकामा अब महानगरले १० करोड बराबरका सुविधायुक्त बस खरिद भएपछि रकम हस्तान्तरण गर्ने महानगरको सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख शिवहरि अधिकारीले बुधबार बताए।
अधिकारीका अनुसार असोज १२ गते अपांगमैत्री र कम्तीमा ४० सिट क्षमताका बस खरिद गर्न ग्लोबल टेन्डर गरेको थियो। 'हामीले सम्झौताअनुसार बस खरिद गर्न टेन्डर गर्यौंर,' उनले भने, 'सरकारले व्यवस्था गरेको भ्याट छुट सहकारी र कम्पनीलाई मात्र दिने व्यवस्था गरेकाले महानगरले साझालाई नै रकम हस्तान्तरण गर्नेछ।'
तिहारपछि सम्झौता पुनरावलोकन गरेर साझाले बस किन्ने प्रक्रिया सुरु गर्न सक्ने उनले जानकारी दिए। '१० करोड रुपैयाँमा हाम्रो मापदण्डका करिब २५ वटा ठूला बस आउनेछन्,' उनले भने, 'बसको रकम यकिन गरेर महानगरले रकम दिनेछ।'
महानगरबासीलाई सार्वजनिक यातायातमा सुविधा दिने, सहरी अर्थतन्त्रलाई बढावा दिने र सार्वजनिक यातायातलाई विश्वसनीय बनाउने उद्देश्यले सेवामूलक सहरी बस सञ्चालन गर्ने भन्दै उनीहरुले सम्झौता गरेका थिए।
'सरकारी तवरमा प्रयास गरेको भए महानगरले पनि छुट पाउँथ्यो होला,' उनले भने, 'तर त्यो प्रक्रिया ढिला हुने भएकाले हामीले साझालाई नै किन्न लगाउने निर्णय गर्यौंछ।'
साझाले पनि महानगरलाई बसको मूल्यअनुसार सेयर दिने निर्णय गरिसकेको छ। 'सम्झौताको ड्राफ्ट तयार भइसकेको छ,' उनले भने, 'महानगरपालिका प्रमुख विदेश रहनुभएकाले उहाँ आएपछि तिहारलगत्तै सम्झौता हुन्छ।'
सरकारले चालु आर्थिक वर्षमा ४० वा सोभन्दा बढी सिट क्षमताका कम्तीमा पाँच वटा बस सार्वजनिक यातायातमा सञ्चालन गर्ने गरी दर्ता भएका सहकारी संस्था तथा कम्पनीले उल्लिखित प्रयोजनका लागि पैठारी गर्ने उक्त क्षमताका तयारी बस एवं तिनका चेसिस मा भ्याट (अन्तःशुल्क) छुट दिइन व्यवस्था गरेको छ। सवारी साधन पैठारी गरेको मितिले दस वर्ष नपुगी बिक्री वितरण, नामसारी वा कुनै किसिमले हक हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको छ। दस वर्ष नपुगी नामसारी, बिक्री वा कुनै किसिमले हक हस्तान्तरण गरेमा प्रचलित कानुन बमोजिम पूरै भ्याट लाग्ने व्यहोरा सरकारले जनाएको छ।
स्वामित्व हस्तान्तरण गरिएका बस सञ्चालन, रेखदेख मर्मतसम्भार तथा बिमा गर्नेे दायित्व साझाको हुने सम्झौता छ। बसको बाटो इजाजत (रुट) आपसी सहमतिमा बस सञ्चालन परामर्श समितिको गठन गरेर अगाडि बढिने जनाइएको छ। बस सञ्चालनमा गुणस्तरीय, विश्वसनीय र प्रभावकारिताका लागि नियमित रुपमा अनुगमन सुपरिवेक्षण गर्न दुवै पक्षका तर्फबाट प्रतिनिधि रहने गरी एक अनुगमन तथा मूल्याकंन समिति गठन गर्ने सहमति छ।
साझाले काठमाडौं र ललितपुर जिल्लाका दुई रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ। साझा यातायात साझा यातायात सहकारी संस्था लिमार्फत सञ्चालनमा छ। जसमा सरकारी विभिन्न ६३ निकायको ७२.५९ प्रतिशत, विभिन्न ८ वटा संघसंस्थाको ७.२६ प्रतिशत र १४१ सर्वसाधारणको २०.१५ प्रतिशत सेयर छ। साझाले ५ करोड ५४ लाख रुपैयाँमा २०७० वैशाख १ देखि उपत्यकाका दुई रुटमा बस सञ्चालन गरिरहेको छ।