रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहका केही किशोरहरुलाई स्थानान्तरण गर्ने क्रममा सुरक्षाकर्मीहरुमाथि नै आक्रमण भएको छ। सुधार गृहका केही किशोर बालकलाई स्थानान्तरणको तयारी भइरहँदा उनीहरुको आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल मगर घाइते भएका छन।
सुधार गृहका केही किशोरहरुले प्रहरी नायव उपरीक्षक पौडेललाई रडले प्रहार गर्दा टाउकोमा चोट लागेको छ। पौडेलको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भइरहेको र उनको टाउकोमा टाँका लगाएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिए। रखालको बायाँ हातमा चोट लागेको छ। दुबै जनाको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए।
क्षमता भन्दा दोब्बर बन्दी राखिएको बाल सुधार गृहबाट केही किशोरहरुलाई मंगलबार नेपालगञ्ज लगायतका अन्य स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको थियो। तर १८ वर्षमूनीका भनिएका किशोरहरुले आफूहरु कतै नजाने भन्दै ताला लगाएर प्रहरीलाई भित्र छिर्न रोक्ने प्रयास गरेका थिए। प्रहरीले ताला खोलेर भित्र पस्न खोज्दा किशोरको हुलले प्रहरी नायव उपरीक्षक पौडेललाई टाउकोमा रड प्रहार गरेको एसपी रेग्मीले बताए। आक्रोसित किशोरहरुले सुधार गृहको सिसा र केही फर्नीचर तोडफोड गरेका छन्।
भैरहवामा करिब चार वर्ष अघिदेखि संचालनमा ल्याइएको बाल सुधार गृहको क्षमता जम्मा ६० जना हो। तर यहाँ हाल १ सय ६ जनालाई राखिएको छ। यो सुधार गृहमा राखिएका केही किशोरको उमेर २४/२५ वर्ष पुगिसके पनि उनीहरुलाई बाल सुधार गृहमै राख्दा समस्या बल्झिने गरेको बताइन्छ।
गत जेठमा पनि सुधार गृहका केही किशोरहरुले झडपकोस्थिती सृजना गरेपछि समय मै प्रहरीले स्थितीलाइ नियन्त्रणमा लिएको थियो। सुधार गृहमा राखिएका वयस्क किशोरहरुको एक समूहले हो हल्ला मच्चाउने, सुधार गृह छेउको बाटो भएर हिँडने महिला तथा बालबालिकाहरुलाई अश्लिल शब्दले जिस्काउने गालीगलाैज गर्ने गरेको गुनासो स्थानीयले पटक पटक गरेका छन्। स्थानीयले त्यस्ता किशोरहरुलाई स्थानान्तरण गर्नुपर्ने माग पनि गर्दै आएका छन्। सुधार गृहका प्रमुख सुभद्रा गौतमले वयस्क अवस्थाका केही किशोरहरुले पटक पटक अराजक गतीविधिहरु गर्दा समस्या सिर्जना हुने गरको बताइन्। अहिले स्थिती समान्य रहेको र किशोरहरुलाई स्थानान्तरणको तयारी भइरहेको उनले बताइन्।
कारागार बिभागले सुधार गृहका केही किशोर बालकलाई स्थानान्तरण गर्न पत्राचार गरेपछि उनीहरुको स्थानान्तरणको तयारी भइरहँदा मंगलबार प्रहरीमाथि नै जाइलागेका हुन्। यो सुधार गृहमा धेरै जसो लागूऔषधका मुद्दा खेपेका किशोरहरु छन्।