चितवन–हेटौंडामा एकजना महिलाको हत्या गरेको आरोपमा मकवानपुर प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङको होटल हाइवेमा काम गर्ने मकवानपुर निबुवाटार–६ की ४५ वर्षीया सुन्तली पुडासैनीको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।
पुडासैनीले लगाएको सुनको तीन तोला र चाँदीका तीन तोला गहनासमेत चोरी भएको मकवानपुर प्रहरीका प्रवक्ता नायब प्रहरी उपरीक्षक (डिएसपी) शिशु शर्माले निकालेको प्रेस बिज्ञप्तिमा उल्लेख छ। पक्राउ पर्नेमा भारत सितामढी थाना नानपुरका २४ वर्षीय सञ्जित शर्मा र भारत मुजफ्फरपुर थाना औराई ग्राम रतनवारा बिन्दवाराका २६ वर्षीय बब्लु शर्मा र सोही ठाउँका २३ वर्षका छोटे शर्मा रहेका छन् ।
सञ्जित र बब्लु हेटौंडा–१० मा रहेको चन्द्रेश्वर शर्माको गाडीहरुको बडी बनाउने ठाउँमा काम गर्छन् । त्यस्तै छोटे शर्मा हेटोंडा–१० कै छोटे बडी बिल्डर्समा काम गर्ने प्रहरीले जानकारी गराएको छ । सुन्तली पुडासैनीको लाश कात्तिक १५ गते आइतबार भेटिएको थियो ।