चितवन–शुकबहादुर चेपाङ १४ वर्षका भए। भाइ मंगलसँगै उनी लोथर गाविसको स्यामराङमा रहेको दुङबुङ राष्ट्रिय प्रथामिक विद्यालयमा कक्षा १ मा पढ्छन्। पहाडी गाउँ लोथरको– ७ वानछिविङबाट विद्यालय जान उनलाई एक घण्टा उकालो ओरालो पैदल हिड्नु पर्छ।शुकबहादुरले भर्खर नयाँ चप्पल किनेका छन्। मंगल खाली खुट्टा नै हिड्न बाध्यछन्। लामो जिङ्ग्रिङ्ग कपाल भएका यी दुई भाइको आङमा राम्रो कपडा पनि छैन। ठाउँ ठाउँमा धुजा धुजा भएर च्यात्तिएको सर्ट पहिला आकासे निलो थियो अहिले खुईलिएर र मैलिएर खैरो हुन थालेको छ। यी दुई भाइ मात्रै होइनन् त्यहाँ पढ्ने १६६ विद्यार्थीमध्ये फाट्ट फुट्ट बाहेक सवैको स्वरुप लगभग यस्तै हो। यस्तो पोशाक लगाएर बिहीबार विद्यालय आएका शुकबहादुर र मंगल केही समयपछि औधि खुसी भए।

विद्यालयमा चेपाङ बालबालिका मात्रै पढ्छन् । चेपाङ समुदायको आर्थिक अवस्था नाजुक हुन्छ । त्यसैले जाडो होस वा गर्मी आङ ढाक्ने राम्रो लुगा लगाउनेहरु निकै कम हुन्छन्। 'स्कुल आउदा लगाउने घर बस्दा र अरु ठाउँ डुल्न जाँदा लगाउने कपडा यही नै हो। धोएपछि फेर्ने अरु कपडा त छैन,' शुकबहादुरले भने । लगाएको कपडा धुने र बदल्ने नपाएपछि चाँडै फाट्छ । फाटे पनि किनेर तत्कालै अर्को नयाँ लुगा लगाउन सक्ने अवस्था छैन।
च्यातिएका सर्ट पाइन्टमा उक्त स्कुलमा विद्यार्थी आएको फोटो नागरिकन्युज मार्फत सार्वजनि भएपछि त्यहाँका सवै विद्यार्थीलाई इजरायलमा काम गर्ने चितवनवासीहरुको संस्था चितवन समाज इजरायलले नयाँ सर्ट, पाइन्ट, फ्रक र चप्पलका साथै कापी र कलम उपलब्ध गराएको हो। बिहीबार समाजका पदाधीकारीहरु लोथरको विकट गाउँ स्यामराङको सो स्कुलमा नै पुगेर विद्यार्थीलाई पोशाकसहित कापी कलम वितरण गरे ।

'अनलाइनमा जब यहाँका विद्यार्थीको दुरावस्थाको फोटो देख्यौ त्यसपछि केही न केही भए पनि सहयोग गर्ने निधो गरेका हौं । विदेशमा काम गर्ने हामीहरुले थोरै थोरै भए पनि यहाँका लागि रकम संकलन गरेर कपडा किनेका हौं,' कार्यक्रममा सहभागि चितवन समाज इजरायलका सचिव सरिस्मा बरालले भनिन् । इजरायलमा काम गर्ने नेपालीमा ९० प्रतिशत महिला रहेका छन् ।
'हामी पनि त्यहाँ सानो आर्जन गर्न सके छोरा छोरी राम्रो ठाउँमा पढाएर भविश्य उज्वल बनाउँन सकौंला भनेर काम गर्न गएका हौं । आफ्नो छोरा छोरी पढाउने कुराबम तपाइँ अभिभावकहरु पछाडी नपर्नु होला । बरु सकेसम्म हामी पनि सहयोग गरौंला । सरकारलाई पनि भनौंला' सचिव बरालले अभिभावकहरुसँग आग्रह गरिन् । दुई वर्षअघि खुलेको समाजले चितवनका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने उद्देश्य राखेको उनले बताइन् ।
नागरिक दैनिकमै समाचार प्रकाशित भएपछि समाजले गत वर्ष पनि शक्तिखोरको विकट पहाडी गाउँ राजबनका विद्यार्थीलाई स्वीटर, झोला, चप्पल र स्टेशनरी उपलब्ध गराएको थियो । 'विदेशमा पनि हामी अनेक समस्यासँग जुधेरै थोरै कमाउने हो । त्यसबाट समाजका लागि केही गरौं भनेर छुट्याएको सानो सहयोग साच्चिकै संकटमा परेका र सहयोग आवश्यक भएका समुदायका लागि खर्च गर्ने योजना छ,' सचिव बरालले भनिन् ।