सार्वजनिक सवारीलाई तेल दिन ढिलासुस्ती
२२ कार्तिक २०७२
•
७ मिनेट पाठ
सार्वजनिक सवारीलाई तेल दिन ढिलासुस्ती
काठमाडौं- दसैंपछिको दोस्रो ठूलो चाड तिहार नजिकिँदै जाँदा सरकारले सार्वजनिक सवारीलाई तेल वितरणमा ढिलासुस्ती गरेको छ। राजधानीबाट बाहिरिने लामो दुरी र राजधानीमै चल्ने सार्वजनिक सवारीले पेट्रोलियम पदार्थ कम पाउँदा तिहार मान्न ओहोरदोहोर गर्ने यात्रा बढी कष्टकर बन्न थालेको हो।पृथ्वी राजमार्ग बस व्यवसायी समिति काठमाडौं कार्यालय प्रमुख गोपालप्रसाद पौडेलका अनुसार पछिल्ला केही दिनको तुलनामा आइतबार तेल वितरणमा निकै कमी आएको छ। 'निजी कार र मोटरसाइकललाई लगातार तीन दिन तेल वितरण गरे पनि आइतबार हामीले तेल पाउन अत्यन्तै मुस्किल भएको छ,' उनले भने, 'घन्टौं लाइन लगाएर पनि निकै कम सवारीले तेल पाए।'

यसअघि केही गाडीले तल भरेकाले आइतबारसम्म यातायात सञ्चालन केही सहज रहे पनि सोमबारदेखि सवारीको यात्रा निकै कम हुने उनले बताए। उनका अनुसार तेल पाइने दिनमा नयाँ बसपार्कमा दैनिक करिब ८० वटा बस छुट्ने गरेकामा अहिले त्यो संख्या २५ प्रतिशतमा सीमित छ। 'तिहारमा सर्वसाधारण घर जानेहरु बढिरहेका छन्,' उनले भने, 'तेल पाउन झन् मुस्किल हुँदै गएको छ।' नयाँ बसपार्कभित्रको पम्पमा दुईतीन दिनदेखि लाइनमा बस्नेमध्ये पछाडि परेकाले तेल नपाएको उनले बताए।

उनका अनुसार पूर्व र पश्चिमबाट आउने सवारीले केही पैसा बढी तिरेर ल्याएकाले पनि कतिपय बसले सेवा दिइरहेको उनले बताए। 'उपत्यकाभित्र त धेरैजसो छतमै यात्रा गरिरहेको अवस्था छ,' उनले भने, 'अब बाहिरिनेहरु पनि जोखिम मोलेरै यात्रा गर्ने बाध्यता आउन सक्छ।'

नयाँ बसपार्कबाट दिवासेवामा चल्ने सवारीलाई तेल पाउन सहज नहुने गरेको व्यवसायीहरुले बताएका छन्। दिनभर सडकमा गुड्नुपर्ने अवस्था हँुदा बेलुकी मात्र लाइन बस्ने गरेकामा पछि तेल सकिएर नपाउने अवस्था हुने गरेको पौडेलले जानकारी दिए।

'रात्रि बस बिहानै बसपार्क पुगेर तेलमा लाइन लगाउन पाउँछन्,' उनले भने, 'दिउसो ३/४ बजे तेल पम्पले दिन लाग्यो भने दिवा सेवालाई अप्ठ्यारो हुन्छ।'

उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीलाई मात्र सरकारले तेल बाँडेपछि केही दिनदेखि सवारीको भीडभाड बढेको छ। यसका कारण सार्वजनिक सवारी झन् कमी हुँदा सर्वसाधारण छतमा जोखिम मोलेर यात्रा गरिरहेको ट्राफिक प्रहरीको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार उपत्यकामा निजी सवारीको अत्यधिक भीड बढेको जनाएको छ। 'निजीलाई तेल बाँडिदा आज (आइतबार) सडकका मुख्य मुख्य चोकमा जाम पनि भयो,' महाशाखा प्रवक्ता पोषराज पोखरेलले भने, 'सडकको यो अवस्थाले सार्वजनिक सवारीलाई प्राथमिकतामा तेल दिँदा हुन्थ्यो।'

उनका अनुसार माइतीघर, नयाँ बानेश्वर, सिंहदरबार, थापाथली लगायत चोकमा आइतबार केहीबेर जाम भएको थियो। यसको कारण निजी कार र मोटरसाइकल बढ्नु रहेको उनको अनुमान छ। ट्राफिकले सार्वजनिक सवारीलाई तेल बढी दिनुपर्ने सुझाव गृह मन्त्रालयलाई दिइरहेको पनि उनले जानकारी दिए। 'उपत्यकामा छतछतमा चढ्ने आइतबार ह्वात्तै बढेका छन्,' उनले भने।

त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि तेलको चरम अभाव भइरहेको जानकारी दिए। यही कुरालाई लिएर गृहमन्त्री, आपूर्तिमन्त्री र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसके पनि समाधान नभएको उनले जानकारी दिए। 'सरकारले अहिले सार्वजनिक सवारीलाई प्राथमिकतामा राख्नुपर्ने हो,' उनले भने, 'तर त्यस्तो अवस्था आएन।' निगमले सार्वजनिक सवारीलाई सजिलो हुने गरी विभिन्न क्षेत्रमा पम्पलाई तेल बाँड्न पनि हिचकिचाएको उनले आरोप लगाए।

उनका अनुसार उपत्यकाबाहिर बस छुट्ने क्षेत्र कोटेश्वर, नयाँ बसपार्क, कलंकी, बल्खु, गौशाखा, जोरपाटी र चाबहिल क्षेत्रमा पम्पबाट तेल वितरण गर्न निगमलाई आग्रह गरिएको थियो। यसबाहेक राजमार्ग क्षेत्रका बनेपा, हेटौंडा, नारायणघाट, बुटवल, कोहलपुर क्षेत्रमा पनि तेल वितरण गर्न उनीहरुको माग छ। 'हामीले भनेका केही ठाउँमा तेल दिए पनि पम्पहरुले ठगी गरे,' उनले आरोप लगाए, 'केही बसलाई तेल बाँडेपछि पम्पहरुले सकिएको भन्दै रित्तो हात फर्काउँदा सार्वजनिक यातायात थप कष्टकर बनेको छ।'

यस्तो क्षेत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनलाई बढी प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए। 'महासंघले सबैको ध्यानाकर्षण गराएको हो, तर कसैले सुन्नुभएन,' सिटौलाले भने, 'नयाँ सरकारका मन्त्री तथा प्रधानमन्त्री भेटिसक्यौं। सहज आपूर्ति पटक्कै भएन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस