विपद् व्यवस्थापनमा स्थानीय क्षमता अभिवृद्धि आवश्यक
१० असार २०७९
•
३ मिनेट पाठ
विपद् व्यवस्थापनमा स्थानीय क्षमता अभिवृद्धि आवश्यक
नेपालमा विपद्को व्यवस्थापन तथा प्रतिकार्यका लागि विपदसम्बन्धी तथ्यांक तथा सूचना संकलन गर्न राष्ट्रिय स्तरमा केही प्रयास भए पनि स्थानीय तहमा विपद व्यवस्थापनको क्षेत्रमा प्राविधिक तथा मानवीय क्षमताको अभाव रहेको छ।

हरेक वर्ष प्राकृतिक तथा मानवीय कारणले हुने विपदका घटना बढ्दै गरेको सन्दर्भमा विपद व्यवस्थापनका लागि देशका २१ जिल्लाका २९ स्थानीय तहमा विपद व्यवस्थापनलाई स्थानीयकरण गर्ने प्रयास भएको छ। अमेरिकी सहायता नियोग युएसएडको तयार नेपाल परियोजनाको सहयोग तथा युथ इनोभेसन ल्याबको सक्रियतामा यो प्रयास गरिएको हो। यो प्रयासअन्तर्गत इनोभेसन ल्याब युवा फेलोहरूले हालसम्म देशका २९ वटा स्थानीय तहमा गएर प्रविधि हस्तान्तरण, सचेतना अभिवृद्धि, विपदसम्बन्धी पोर्टल निर्माणमा सहयोगलगायत क्षेत्रमा सहजीकरणको कार्य गरेका छन्।

राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०१७ ले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राष्ट्रिय विपद व्यवस्थापन सूचना प्रणाली स्थापना गरी विपदसम्बन्धी सूचना संकलन, सूचनाको समीक्षा, भण्डारण तथा सूचना प्रवाह गर्ने जिम्मा दिएको छ। विभिन्न ११ वटा मन्त्रालय तथा अन्य विभागका सहयोगमा सरकारले राष्ट्रिय विपद् पोर्टल स्थापना गरी सञ्चालन गरेको छ। यसैगरी यो राष्ट्रिय पोर्टलसँग हरेक प्रदेश, जिल्ला तथा स्थानीय तहलाई जोड्न सब–डोम्यानसमेत स्थापना गरिएको छ।

विपद्सम्बन्धी पोर्टललाई स्थानीयकरण गर्ने पहिलो चरणको कार्यक्रम अक्टोबर २०२० मा सुरु भएको र तेस्रो चरण हालै सम्पन्न भएको युथ इनोभेसन ल्याबका ‘क’ निर्देशक प्रदीप खतिवडाले बताए। उनका अनुसार विपदसम्बन्धी तथ्यांक स्थानीय स्तरमा उपलब्ध हुँदा विपद व्यवस्थापन कार्य सहज हुनेछ।

यो परियोजनाको तेस्रो चरण स्थानीय तहमा काम गरेका १५ युवा फेलो र सम्बन्धित स्थानीय सरकारलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ। तेस्रो चरणमा सहभागी युवा फेलोहरूले विपद् व्यवस्थापन नेपालका लागि ठूलो चुनौती रहेको र स्थानीय तहमै गएर यससम्बन्धी योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे। विगत ६ महिनामा पोखरा महानगरपालिकामा काम गरेका छिरिङ शेर्पाले स्थानीय स्तरमा तथ्यांक संकलन सजिलो नभएको तर स्थानीय सरकार विपद व्यवस्थापनका लागि जागरुक रहेको बताए।

‘स्थानीय तहलाई प्रविधिगत ज्ञान दिन र क्षमता अभिवृद्धि गर्न आवश्यक देखिएको छ,’ गुरुङले भने। फेलोसिप अवधिमा स्थानीय तहमा संकलन भएको तथ्यांक र जानकारी नगरपालिका स्तरीय विपद् पोर्टलमा राखिएको छ। निर्देशक खतिवडाले फेलोसिपमा संलग्न भएका कतिपय सहभागीले सरकारी संयन्त्रमा काम गर्न थालेको जानकारी दिए। बिहीबार आयोजित सहभागी अन्य विज्ञहरूले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा अझै धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै स्थानीय सरकारको क्षमता अभिवृद्धि, संस्थागत संरचनाको विकास तथा विपद् व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्न जोड दिए। स्थानीय तहमा विपद व्यवस्थापनका लागि खटिने कर्मचारीको छिटोछिटो सरुवा हुँदा काम गर्न कठिनाइ हुने, स्थानीय तहमा खटिएका सम्बन्धित कर्मचारीले अन्य काम काम गर्नुपर्दा विपद् व्यवस्थापनमा लागि आवश्यक ध्यान पुग्न नसकेको सहभागीहरूले बताए।

तयार नेपालका डिपुटी चिफ अफ पार्टी तीर्थराज जोशीले पाँचवर्षे कार्यक्रमअन्तर्गत संघीय तथा स्थानीय सरकारको क्षमता वृद्धिका लागि कार्य भएको र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस