काठमाडौं- अन्तर्राष्ट्रिय खेल मिलेमतो गरी राज्यविरुद्ध अपराध गरेको अभियोग लागेका पाँच खेलाडी बिहान ११ बजे विशेष अदालत परिसरमा उत्रिएलगत्तै अदालतका अधिकारी बयान लिने प्रक्रियामा हतारिए। हतारिनुको कारण थियो, मुखैमा आएको तिहार बिदा।
सकेसम्म आइतबारै बयान र थुनछेक बहस सक्याउन अदालतले पाँच कर्मचारी खटाएर दिनभर अभियुक्त खेलाडीको बयान लिएको थियो। नेपाली फुटबल टोलीका क्याप्टेन सागर थापा, गोलकिपर रितेश थापा र उपकप्तान सन्दिप राई तथा पूर्व खेलाडी विकाससिंह क्षत्री र अञ्जन केसी दसँैमा अदालत बन्द भइसकेपछि असोज २७ गते खेल मिलेमतो आरोपमा पक्राउ परेका थिए।
मंगलबारपछि तिहार बिदाका लागि अदालत बन्द हुने भएकाले बिदाअगाडि नै थुनछेक बहस सक्याउन अदालतले सक्रियता देखाएको थियो। सोमबार सबैको बयान सकिए पनि थुनछेक बहसमा प्रवेश मात्रै भयो, टुंगिएन।
मुद्दाको वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंको तर्फबाट सरकारी वकिलले अभियुक्तमाथि लागेको अभियोग र अभियोग लगाउने आधारको विवरण पेस गर्दागर्दै इजलासका अध्यक्षले उनलाई बहस टुंग्याउन लाग्ने समय सोधे। सरकारी वकिलले 'अझै आधा घन्टा' लाग्ने जानकारी दिएपछि मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखेर इजलास सकियो।
प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयले उनीहरुले अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी पैसा लिएको अभियोग लगाउँदै जन्मकैदको मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतमा भएको बयानमा पाँचै जनाले यस अगाडिको बयानझैँ आफूमाथि लागेको 'नेपालको राष्ट्रिय झन्डा लिई, सपथ खाई, राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्या उने उद्देश्यले खेल मिलेमतो गरेर अन्तर्राष्ट्रिय खेल हारेको' अभियोग अस्वीकार गरे। राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेल खेलेको, अन्तर्राष्ट्रिय एजेन्टले भेटेर आर्थिक प्रस्ताव राख्ने गरे पनि मिलेमतो नगरेको दाबी गर्दै उनीहरुले आफूहरुको नाममा विदेशबाट आएको रकमबारे अनभिज्ञता जनाएका थिए।
बहसको प्रारम्भमा वादीको तर्फबाट बहसमा उत्रिएका सरकारी वकिलले खेलाडीले अन्तर्राष्ट्रिय म्याचफिक्सरबाट लिएको पैसाको विवरण इजलासमा सार्वजनिक गर्दा रितेश, सागर र अञ्जन मुसुमुसु हाँसिरहेका देखिन्थे भने अन्य दुई खेलाडी गम्भीर देखिन्थे।
पाँचै जनाले खेल मिलेमतो नगरेको दाबी गरे पनि वादीको तर्फबाट मुद्दा दर्तासँगै अदालतमा बुझाइएको विवरणमा मलेसिया र सिंगापुरका कुख्यात म्याच फिक्सर विल्सन राज पेरुमल, टिटानी पेरिसामी, तमन प्रमाटा, केशवन पट्टानले उनीहरुको नाममा पठाएको रकम र उनीहरुले बुझेको प्रमाणको फेहरिस्त संलग्न छ।
मिलेमतोको ३८ लाख भित्रियो
अनुसन्धान प्रतिवेदनमा नेपाली खेलाडीसँग नाम जोडिएका तीन म्याच फिक्सरबारे एएफसीमा रहेको विवरण, उनीहरुको पृष्ठभूमि र आर्थिक विवरणसँगै उनीहरुबाट तीन नेपाली खेलाडी र सागर, रितेश र अञ्जनले लिएको रकमको विवरण, मनिट्रान्सफरको कन्ट्रोल नम्बर र रकम लिन आउने व्यक्तिले पेस गरेको पहिचान पत्रसमेत समेटिएको छ। विवरणअनुसार अञ्जनले अधिकांश रकम लिएका छन् भने उनले मिलेमतोबापत आएको रकम लिन आमालाई समेत प्रयोग गरेको देखिन्छ।
अञ्जनले खेल मिलेमतोबापत ११ लाख ३६ हजार र रितेशले ३ लाख २४ हजार रकम बुझेका थिए। उनीहरुले अन्य व्यक्तिको प्रयोग गरी ३८ लाख ६५ हजार रुपैयाँ बुझेको र सो रकम खेल मिलेमतोको भएको अनुसन्धानमा दाबी गरिएको छ।
रितेश र सागरले आफन्तको नामबाट रकम निकालेको विवरणमा उल्लेख छ भने अन्तर्राष्ट्रिय म्याच फिक्सरको नामबाट नेपाल आएको रकम निकाल्ने तीन व्यक्तिको पहिचान भए पनि उनीहरुको भूमिका खुल्न सकेको छैन।
विवरणअनुसार सिंगापुरका केशवन र टिटानीले पठाएको २८ लाख रुपैयाँ अञ्जन, रितेश र सागरले बुझेका थिए। केशवनले पटक–पटक गरी अञ्जनलाई २ लाख ६३ हजार रुपैयाँ पठाएका थिए। त्यो रकम झिक्न उनले आफ्नो राहदानी र सवारीचालक अनुमतिपत्र प्रयोग गरेका थिए।
टिटानीले समेत उनलाई ३ लाख ६७ हजार रुपैयाँ पठाएका थिए, जुन रकम लिन उनले राहदानीको नक्कलप्रति प्रयोग गरेका थिए। यी बाहेक अन्य तीन विदेशी नागरिकले अञ्जनलाई पटक–पटक गरी १ लाख ३० हजार रुपैयाँ वेस्टर्न युनियनमार्फत पठाएको र उनले बुझेको अभियोगपत्रमा उल्लेख छ।
रितेशलाई टिटानीले २ लाख २० हजार रुपैयाँ पठाएको र उनले आफ्नो सवारी चालक अनुमतिपत्रको प्रतिलिपि राखेर उक्त रकम बुझेका थिए। खेलाडीबाहेकका व्यक्तिलाई समेत केशवनले पटक–पटक रकम पठाएको विवरणको अनुसन्धानमा रकम लिनेमध्ये एक नेपाली फुटबल टोलीका फिजियोथेरापिस्ट डेविज थापा र अन्य दुई रितेश र सागरका आफन्त रहेको खुलेको थियो। डेविजको नाममा केशवनले सन् २०१२ मा १ लाख ८ हजार पठाएका थिए। नविन कार्की, विनोद खड्का, बबिता विष्ट, युसुब पौडेल, शोभा केसी, नविन कार्की र सिकन्दर थापाको नाममा म्याचफिक्सर केशवनले पैसा पठाएको र उनीहरुले नेपालमा बुझेका थिए।
खेलाडीको उनीहरुसँगको सम्पर्क केलाउँदा शोभा अञ्जनको आमा रहेको र सिकन्दर रितेशको भाइ रहेको खुल्यो। प्रारम्भमा अञ्जन र रितेश दुवैले बयानमा यी विवरण लुकाएका थिए। खेल मिलेमतोमा आमा र भाइसमेत जोडिने भएपछि उनीहरुले पुनः बयान दिँदै सो रकममा उनीहरुको संलग्नता नभएको दाबी गरेका थिए।
अञ्जनले रकम पठाउने विदेशी नागरिकसँग चीनजानै नभएको तर आफूले आमामार्फत रकम लिएको दाबी गरे भने रितेशले समेत पैसा के कारण, कहाँबाट आएको थाहा नभएको तर आफूले भाइलाई लिन पठाएको बयान दिएका छन्।
प्रारम्भिक बयानमा पक्राउ अभियुक्तले खेल मिलेमतोबापत प्रतिखेलाडी ५ हजार डलर आएको बयान दिए पनि पछि बयान फेर्दै आफूले रकम नलिएको दाबी गरेका छन्।
नेपाली फुटबल टोलीका पूर्व क्याप्टेन मणि शाह, राष्ट्रिय फुटबल टिमका पूर्व व्यवस्थापक कृष्णभक्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विजयनारायण मानन्धर, पूर्व खेलाडी मुकेश शाही र सरस्वती क्लबका उपाध्यक्ष उत्तमराज भण्डारीले बयानमा खेलाडीको मात्र प्रयासमा खेल मिलेमतो हुन नसक्ने दाबी गर्दै टिममा सहभागी अन्य व्यवस्थापक र एन्फाका उच्च पदाधिकारीको समेत मिलेमतोको दाबी गरेका छन्।
खेल मिलेमतोमा संलग्न एन्फा पदाधिकारी र उनीहरुको भूमिकाबारे नखुलाइएकाले अभियोग पत्रमा 'खेलाडीबाहेक म्याच फिक्सर एजेन्टबाट पैसा बुझ्ने व्यक्तिलगायतको खेल मिलेमतोमा संलग्नताबारे कहीं, कतैबाट संलग्न रहेको खुल्न आएमा अनुसन्धान गर्ने' बाटो खुलै राखिएको छ।