काठमाडौं- भारतीय नाकाबन्दीपछि काठमाडौंमा आगलागीका घटना कम हुन थालेका छन्। ग्यास अभाव र लोडसेडिङ अत्यन्त कमी आउँदा यस्तो भएको काठमाडौं जुद्ध वारुण यन्त्र कार्यालयको पछिल्लो तथ्यांकले देखाएको हो।असोज पहिलो सातादेखि भारतीय नाकाबन्दी सुरु भएपछि बजारमा पेट्रोलियम पदार्थ र ग्यासको हाहाकार भइरहेको छ। 'बजारमा ग्यास अभाव भइरहेको छ,' कार्यालय प्रमुख किशोरकुमार भट्टराईले भने, 'काठमाडौंमा आगलागीको मुख्य कारक ग्यास पनि रहेछ भन्ने अहिलेको तथ्यांकबाट थाहा भयो।'
कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनदेखि कात्तिक २२ सम्म जम्मा २१ ठाउँमा आगलागीका घटना भएका छन्। यसमध्ये ६ ठाउँमा दमकल नपुग्दै नियन्त्रण भएको खबर पाएर दमकल फर्किएको भट्टराईले जानकारी दिए।
साउनपछिको घटनामा ग्यास लिकका कारण चार स्थानमा र विद्युत सर्टबाट चार स्थानमा आगलागी भएको कार्यालयले जनाएको छ। साथै, तीन स्थानका विद्युतीय पोलमा भएको आगलागी नियन्त्रण भएको थियो। २१ घटनामध्ये ११ वटा विद्युत र ग्यासजन्य कारणले मात्र आगजनी भएको देखिन्छ।
सामान्य अवस्थामा करिब एक सय २० वटा आगलागीका घटना आउने भए पनि ग्यास अभाव र लोडसेडिङ कमी हुँदा यस्तो अवस्था देखिएको उनको आकलन छ। वार्षिक रुपमा ३ सयदेखि ४ सयसम्म आगलागीका घटना आउने काठमाडौं जुद्ध वारुण यन्त्र कार्यालयमा यतिखेर आगलागीका घटनामा निकै कमी आएको उनले बताए।
यसलाई नाकाबन्दीको अर्को असरसँग पनि उनी तुलना गर्छन्। लामो समयको नाकाबन्दीले कैयौं होटल, कलकारखाना, विद्यालय पनि बन्द हुनुले आगलागीमा कमी आएको उनले बताए। 'आगलागी मानवीय गल्ती वा मानवसिर्जित कारणबाट हुने गर्छ,' उनले भने, 'मानिससँग अहिले घरमा ग्यास छैन, तर विद्युत प्राधिकरणले लोडसेडिङ पनि घटाइदिँदा यो फाइदा अहिलो आगलागी नहुनमा गएको छ।'
वैशाख १२ को भूकम्पपछि पनि आगलागीमा कमी हुँदै गइरहेको उनले बताए। 'भूकम्प गएको दुईतीन महिना त सर्वसाधारण कतिपय बाहिरै सुते र व्यावसायिक काममा भन्दा पनि आफैं सुरक्षित रहन थाले,' उनले भने, 'यसले पनि आगलागी नै कम भयो।'
तर साउनयता भूकम्पको पीडा केही कम भइसकेको अवस्थामा नाकाबन्दीले अभाव बल्भि्कँदा आगलागीमा संख्यात्मक रुपमा यस्तो अवस्था आएको उनी बताउँछन्। आर्थिक वर्ष २०६९/७० मा काठमाडौं जिल्लामा भएका दुई सय ४८ वटा आगलागीमध्ये विद्युतीय सर्टबाट ८८ घटना भएका छन्। यसबाहेक ४० ग्यास पड्किएर र १ सय २० अन्य कारण छन्। २०७०/७१ मा काठमाडौंका १ सय १९ आगलागीमध्ये विद्युतीय सटबाट ४१, ग्यासबाट १८ र अन्यबाट ६० वटा आगलागी सिर्जना भएका छन्।
काठमाडौं जिल्लामा हुने आगलागीमा पहिलो पटकमै पुग्ने जुद्ध वारुणले ललितपुरमा ५० प्रतिशत र भक्तपुरमा ६० प्रतिशत सेवा दिइरहेको भट्टराईले जानकारी दिए। दमकल कार्यालयसँग अहिले ४ वटा दमकल, दुइटा भर्यातङयुक्त सवारी, ८ वटा फायर बाइक र एकएक वटा रेस्कु ट्रक एवं जिप छन्।
'विद्युतीय उपकरबाट खाना पकाउँदा जोगिनू'
ग्यास अभावले बजारमा खाना पकाउनका लागि विद्युतीय उपकरण किन्ने बढिरहेकाले 'विद्युतीय सर्ट' बाट बच्न जरुरी रहेको उनले बताए। 'मानिस आफ्ना काममा सजग भएर लाग्नुपर्छ,' उनले भने, 'अहिले बजारमा इलेक्ट्रिकल हिटर र इन्डक्सन कुकरको माग बढिरहेकाले सजगता जरुरी छ।'
इलेक्ट्रिकल हिटर र इन्डक्सन कुकरको बढ्दो प्रयोगले लोडसेडिङ पनि बढ्दै जाने अनुमान उनले गरे। 'बत्ती गइरह्यो भने यस्ता सामान प्रयोगमा विशेष ध्यान पुर्यािउनुपर्छ,' उनले सुझाए, 'अन्यथा ठूलो दुर्घटना हुन सक्छ।'
दमकल कार्यालयको तथ्यांक अनुसार जाडो महिनामा बढीजसो विद्युतीय सर्टबाट आगलागी हुने गर्छ। जुनबेला सुख्खायाम तथा जाडोको समय सुरु हुन्छ, लोडसेडिङ पनि बढ्ने हुँदा आगलागी बढिरहेको भट्टराईले बताए। 'कतिपय सर्वसाधारण प्लग अन गरेरै पसल बन्द गरेर घर जान्छन्,' उनले अनुभव सुनाए, 'प्लगमा जोडिरहेको अवस्थामा पछि बत्ती आउँदा नजिक रहेका जलनशील पदार्थबाट आगलागी सुरु हुन्छ।'
नेपाल विद्युत प्राधिकरणका अनुसार वैशाख १५ देखि नदीनालामा पानी बढ्न थाले पनि लोडसेडिङ कम हुँदै जान्छ। कात्तिक अन्त्यदेखि लोडसेडिङ वृद्धि हुँदै पुस र माघमा अत्यधिक बढी अर्थात दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको छ।