झापा/विराटनगर- कुनै दिन ज्यादै खुकुलो त कुनै दिन अति नै कडा रबैया देखाउने भारतीय सुरक्षाबल (एसएसबी) को कार्यशैली दोहोरिइरहँदा पूर्वी नाकाबाट आपूर्ति सहज हुन सकेको छैन। अघिल्लो दिन इन्धनसहित १ सय २० वटा गाडी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिएको एसएसबीले सोमबार फेरि नियन्त्रित रबैया देखाउँदै ३४ वटा मात्रै छाडेको छ।तिनमा २५ वटा भारतीय उत्पादनकै सामान बोकेका गाडी छन् भने ९ वटामा तेस्रो देशबाट आएका सामग्री छन्। आइतबार राति १० बजेसम्म इन्धनका ३६ ट्यांकरसहित १ सय २० वटा गाडी नेपाल भित्रेको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए। सोमबार साँझसम्म ३४ गाडी आएकामा इन्धनका ट्यांकर एउटै छैनन्।
'उनीहरूले कहिल्यै एकरुपको व्यवहार गरेका छैनन्,' झापाका एक सुरक्षा अधिकारीले भने, 'यदि नाका खुकुलो पारेको भए कम्तीमा डेढ सयवटा गाडी आउनुपर्थ्यो, जुन आएन।' मेची पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष नवीन कोइरालाका अनुसार अघिल्लो दिन आएका इन्धनका ट्यांकर खाली भइसकेका छैनन् जसकारण ती ट्यांकर सिलिगुडी पठाइएको छैन।
आलु–प्याजलगायत सामग्रीका गाडी पठाइरहेको भारतीय पक्षले एक साता पूर्वी नाकाबाट इन्धन ठप्प पार्योु। भारतीय सुरक्षाकर्मीले एउटै गाडी जाँच्न घन्टौं लगाइरहेका छन्। यद्यपि पानीट्यांकी नाकामा अहिले रोकिएका चार सयभन्दा बढी साधनले भारतको भन्सार प्रक्रियाचाहिँ पूरा गरिसकेका छन्।
जोगबनीबाट तरकारी मात्र
जोगबनी नाकाबाट एक सातादेखि इन्धन आयात ठप्प छ। अघिल्लो सोमबार ५ बुलेट ग्यास भित्रिएयता इन्धनका ट्यांकर आएका छैनन्। गत मंगलबार बेलुकादेखि बिहीबार बेलुकासम्म भारत, बिहारको विधानसभा चुनावका लागि नाका सिल भएको थियो। बिहीबारदेखि नाका नियमित भए पनि भारतले इन्धनलगायत औद्योगिक कच्चा पदार्थ आयातमा कडाइ गरिरहेको छ। हाल दैनिक ५० वटा मालवाहक ट्रक मात्रै उक्त नाकाबाट भित्रिरहेका छन्।
शुक्रबार र शनिबार तरकारी तथा माछाका गाडी मात्रै आउन दिएको भारतीय पक्षले आइतबार र सोमबार भने औद्यौगिक कच्चा पदार्थका गाडी पनि भित्रन दिएको छ। मधेसमा जारी आन्दोलनलाई समर्थन गर्दै नाकाबन्दी थालेको भारतले नाकाबन्दीका कारण नेपालका भारतीय नागरिकबाट मत पाउने र त्यो मतले भारतीय सत्तारूढ दलले बिहार विधानसभा चुनाव जित्ने आ"कलन गरेको थियो। तर, विहार विधानसभा चुनावमा सत्तारूढ दलले अप्रत्याशित हार बहोर्नुपरेपछि भारतले नेपालस"गका नाका खुकुलो पार्न थालेको छ। आइतबार दिउ"सोदेखि नै पूर्वको का"कडभिट्टा र जोगबनी नाका खुकुलिन थालेका थिए। का"कडभिट्टा नाकाबाट इन्धन आयात हुन थाले पनि जोगबनीबाट भने सोमबारसम्म इन्धन नभित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अधिकृत राजेन्द्र ढुंगानाका अनुसार सोमबार बेलुकी ५ बजेसम्ममा ४५ वटा मालवाहक सवारी भन्सार यार्ड आइपुगेका छन्। औद्योगिक कच्चापदार्थ र अन्य मालवाहक सवारी पातलो गरी आइरहे पनि इन्धनका गाडी उतै रोकिएको उनले जानकारी दिए।
आन्दोलनकारीले सीमामा कुनै अवरोध नगरे पनि भारतीय पक्षले नाकामा कडाइ गर्दै आएको छ। विशेष गरी जोगबनी नाकामा एक सातादेखि इन्धनका गाडीलाई नेपाल प्रवेश गर्न भारतीय प्रहरीले अवरोध गरिरहेको छ। एक साताअगाडि नै सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका ५८ वटा ट्यांकरलाई अझैसम्म नेपाल प्रवेश गर्न नदिएको पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले बताएका छन्।
ढुवानी व्यवसायी अरविन्द्र शर्माले एक साताअगाडि नै सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका ५८ वटा ट्यांकर भारतीय अवरोधका कारण अझै नेपाल भित्रन नसकेको बताए। लाइनमा रहेका ट्यांकरलाई अवरोध नभए सोमबार रातिसम्म नेपाल भित्रने शर्माले जानकारी दिए। उनले भने, 'भारतले अवरोध नगरे सोमबार रातिसम्म ५८ ट्यांकर तेल विराटनगर आइपुग्छ।'