चितवन– मकवानपुर प्रहरीले बालबिबाह गरेको आरोपमा सोमबार एकजनालाई पक्राउ गरेको छ।मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख भए अनुसार बारा गढीमाई नगरपालिका–१ सिमराका ३५ वर्षीय कृष्ण विकलाई प्रहरीले पक्राउगरेको हो।
बिकले कात्तिक १७ गते मकवानपुर हेटौंडा बस्ने १३ वर्षीया किशोरीलाई ललाई फकाइ विवाह गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) शिशु शर्माले बताए। उनीमाथि बालबिबाहका साथै जबर जस्ती करणीमा मुद्दा चलाउने तयारी भएको प्रहरीको भनाइ छ।