त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कमलराज गोसाईले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेखेका छन्, ‘धेरैपछि आज भक्तपुर फेरि रोएको छ।’ साँच्चै धेरैपछि शुक्रबार भक्तपुर फेरि रोएको थियो। हजारौं भक्तपुरेहरुको आँखामा आँसु बगेको थियो। हजारौं महिलाहरुले मन थाम्न सकेका थिएनन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंकी धर्मपत्नी एवं पार्टीकी योद्धा ६२ वर्षीया शोभा प्रधानको निधनले सारा भक्तपुरबासी रोएका हुन्। मलामीमा हिडेका हजारौं भक्तपुरेहरु रोएका थिए।
सशक्त नेतृ, असल गुरु आमा अनि देशलाई मार्गदर्शन गरिरहेका स्तम्भ, बिजुक्छेंलाई दरिलो साथ दिइरहेकी शोभाको देहअवसानसँगै भक्तपुरमा शून्यता छाएको थियो। स्तब्ध र निशब्द भएको थियो भक्तपुर।
स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमा दागवती दिने कार्यक्रममा झण्डै सारा भक्तपुर नगरबासी ओर्लेका थिए। त्यही भएर भक्तपुर नगरपालिका वडा नं ७ हनमानाघाटस्थित घाटमा भीड थियो मलामीहरुको।
पार्टी अध्यक्षको धर्मपत्नी मात्रै नभई पार्टीका एकजना सहयोद्धा भएका कारण उनको मलामीमा यति धेरै मानिसको सहभागिता रहेको अनुमान छ। स्वर्गीय शोभा प्रधान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रिय कोषाध्यक्ष थिइन्। साथै उनी पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय सदस्य पनि हुन्।
यसअघि पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक सघको संयुक्त आयोजनामा श्रद्धाञ्जली अर्पण गर्न दिउँसो १ बजे स्थानीय दूधपाटीमा हजारौ मानिस भेला भएका थिए। दूधपाटीमा शिक्षक संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यहाँं शिक्षक संघकोतर्फबाट चक्रबहादुर चाकतूले स्वर्गीय प्रधानको जीवनी पढेर सुनाएका थिए। त्यहाँं पार्टीकोतर्फबाट पार्टी सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाएका थिए।
स्वर्गीय शोभा प्रधानको पार्थिव शरीरमाथि पुष्पगुच्छा अर्पर्ण गर्न धेरै विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए। त्यसपछि अन्त्येष्टिका लागि शवलाई भक्तपुर नगर परिक्रमा गरिएको थियो। शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेको थियो। हनुमानघाट पुुगेपछि पुनः महिला संघकोतर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो।
२३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएका स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन्। उनको बुधबार साँंझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको थियो। निधनको दुई दिनपछि उनको शुक्रबार उनको दाहसंस्कार गरिएको थियो। उनको पार्थिव शरीरमा कान्छो सुपुत्र सुवानले दागीवती थिएका थिए। मृतक शोभाका दुई सुपुत्र डा सुवेग र सुवान छन्।
यसअघि २०४५ साल भदौ ९ गते भएको भक्तपुर काण्डपछि यसरी नै भक्तपुर रोएको थियो। कर्णप्रसाद हयोजूको हत्याको आरोपमा तत्कालिन पञ्चायती शाशकले तत्कालीन नेपाल मजदुर किसान संगठनका अध्यक्ष नारायणमान विजुक्छेंसहित ६७ जना निर्दाेष पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जेलमा राखी मृत्युदण्ड सजाय सुनाएपछि भक्तपुर रोएको थियो। २०४६ सालको सफल जनआन्दोलनसँंगै ती ६७ जना नै नेता कार्यकर्ता रिहा भएका थिए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...