कोहलपुर-क्षमताबढी यात्रु बोकेको बस सुर्खेत–जाजरकोट सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २० बढी यात्रु घाईते भएका छन् ।
सुर्खेत–जाजरकोट सडक खण्डको धारापानीको सिस्ने पात्ले भीरमा भे १ ख १०४७ नम्बरको बस दुर्घटनामा परेको हो । मृतक यात्रुको ठेगाना खुल्न सकेको छैन् । सल्लीबजारबाट नेपालगन्ज आउँदै गरेको उक्त बस मंगलबार दिउँसो दुई बजे दुर्घटनामा परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनायो । घाईते मध्ये १५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भैईरहेको छ ।
घाईते मध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनायो ।