काठमाडौं-एभरेस्ट ब्रान्डको नेपाल एसम्बल्स माउन्टेन बाइक साइकलमा उनी ह्वात्तै चढे । म हिँडें है के भन्दै थिए, उनका पदाधिकारीले 'होइन मन्त्रीज्यू, एक्लै नजानुस् सुरक्षा चाहिन्छ । हामी पनि जान्छौं' भन्न थाले ।
वातावरण मन्त्री विश्वन्द्र पासवान रोकिए । झन्डै पन्ध्र मिनेट साइकलबाट ओर्लिए । उनलाई साइकल कुदाउन हतारो देखिन्थ्यो । यत्तिकैमा मन्त्रालयको मूलद्वारमा थप नौ वटा साइकल ल्याइयो । उनको सुरक्षा गार्ड वातावरण सचिव कृष्णचन्द्र पौडेल, सहसचिव उपसचिव र निजी सहायकहरु समेत रंगीचंगी साइकलमा चढेर गुड्न तम्तयार भए । केहीबेरमै तालीको गड्गडाहटमा यी साइकल यात्रीहरुको यात्रा सुरु भयो ।

साइकल चलाउँदै वातावरण मन्त्री पासवान । तस्बिर: रिवाज राई
दस वटा साइकलमध्ये मन्त्री पासवानको साइकल सबैभन्दा अगाडि थियो । उनको पछिपछि थियो, उनका सिभिल पोसाकका सुरक्षा गार्डको साइकल । जसले आफ्नो वाकीटाकीमा मन्त्री सवारबारे ब्रिफिङ गर्दै थिए । मन्त्रीको साइकल सबैभन्दा अगाडि थियो । मन्त्रीसहितको यो टोली सिंहदरबारको दक्षिण गेटको पूर्वमा रहेको मन्त्रालयबाट पश्चिम गेट, रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय हुँदै दस मिनेटमा मन्त्रालयको मूल गेटमा आइपुग्यो ।
'हामीले यति असल चिजलाई अहिलेसम्म बिर्सिएका रहेछौं,' उनले नागरिकलाई प्रतिक्रिया दिए । पासवानले थपे, 'अहिलेको इन्धन संकटमा योभन्दा सजिलो साथी अरु हुन सक्दैन ।' उनले सिंहदरबार परिक्रमाका लागि मात्र साइकल चढेका होइनन् । उनी मंगलबार पुल्चोकस्थित आफ्नो क्वार्टरमा पनि यही साइकल चढेर गए ।
'म बुधबार पनि यही साइकल चढ्छु । सातामा कम्तीमा दुई दिन यसैमा सवार हुने योजना बनाएको छु,' पासवानले भने । उनले वातावरण मात्र नभएर सबै मन्त्रालयका नेतृत्व र पदाधिकारी तथा कर्मचारी साथीहरुलाई संकट सामना गर्न साइकल चढ्न सुझाव दिएका छन् ।
वातावरण सचिव कृष्णचन्द्र पौडेलले वातावरणका सबै कर्मचारीले संकटका अवधिभर साइकल चढ्ने निर्णय गरेको जानकारी दिए । 'म अबदेखि मन्त्रालय यही साइकलमा ओहोरदोहार गर्छु,' उनले भने । त्यसो त मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकायका कर्मचारीलाई साइकलमा आउनेजाने व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरिसकेको छ । यससम्बन्धी प्रस्ताव राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री कार्यालयलाई पठाइसकेको छ । 'हामीले दुई वटा मोटरसाइकल र एउटा गाडी किन्ने पैसाले ८० जना कर्मचारीलाई साइकल किन्ने निर्णय गरेका छौं । यो सुरुआत मात्र हो,' सचिव पौडेलले भने ।

मन्त्रालयले एक महिनाभित्र किस्ताबन्दीमा साइकल खरिद गर्नका लागि कर्मचारीलाई सञ्चय कोषले साइकल सापटी उपलब्ध गराउन सक्ने प्रस्ताव तयार गरेको छ । यो प्रस्ताव कार्यान्वयन भए एक महिनाभित्र सबैको हातहातमा साइकल हुने उनले बताए । 'हामीले प्रधानमन्त्री कार्यालय र योजना आयोगमार्फत सबैलाई साइकल चढन आग्रह गरेका छौं,' पौडेलले भने ।
मन्त्रालयले करिब एक महिनाअघि नै इन्धन संकटको सामना गर्न सोलर, बायो ग्यास र साइकल प्रवद्र्घनसहितका बाह्रबु"दे प्रस्ताव सरकारलाई बुझाइसकेको थियो । र, त्यसलाई परिमार्जन गरेर पुनः पठाउने तयारी गरेको छ ।
मंगलबार दिउ"सो वातावरण मन्त्रालयमा आयोजित 'मुलुकको ऊर्जा संकट र समाधानका उपाय'बारे वैज्ञानिकहरुस"ग अन्तक्र्रियामा पूर्व मुख्य सचिव लीलामणि पौड्यालले साइकल चढ्ने कुरा एकदम राम्रो भनेको प्रतिक्रिया दिए । त्यसस"गै उनले आफ्नो अनुभव सुनाए, 'म मुख्य सचिव हु"दा पनि सातामा एक दिन साइकल चढ्थें । मलाई सुरुसुरुमा धेरैले पागल पनि भने । पागल नै सही भनेर मैले त्यसलाई निरन्तरता दिएको थिएँ । तर पछि सुरक्षाका कारण निरन्तरता दिन सकिनँ ।'
उनले थपे, 'आमनागरिक र विद्वतवर्गमा पनि साइकल भनेको पियन र कार्यालय सहयोगीले मात्र चढ्ने हो भन्ने रहेछ । मैले त्यसलाई यो सबैको साधन हो भनेर प्रमाणित गर्न साइकल चढेको थिएँ । पूर्व सचिव पौड्यालले संकटको समाधानमा ऊर्जा मन्त्रालय र वातावरण मन्त्रालय तथा त्यस अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
'ऊर्जा मन्त्रालय अन्तर्गतको प्राधिकरण र केन्द्रले अहिले अहं भूमिका निर्वाह गर्नुपर्छ । यी निकायबीच पूर्ण समन्वय हुनुपर्छ,' उनले भने । पौड्यालका अनुसार १५० मेघावाट ऊर्जा सोलरबाट उत्पादन गर्न सकिन्छ र यसतर्फ सरकारका सम्बन्धित निकायले प्रभावकारी काम गर्नुपर्छ । 'ऊर्जा मन्त्रालयले तत्काल ऊर्जा संकट घोषणा गर्नुपर्छ । त्यही अनुसार वैकल्पिक व्यवस्था अघि बढाउनुपर्छ । यसमा अवरोध गर्नेलाई कारबाही गर्नुपर्छ,' उनले भने । पौड्यालले इन्धन संकटको तत्काल समाधान गर्न वैकल्पिक ऊर्जा सर्वसाधारणको घरघरमा पुर्याउन सेवा प्रदायक, गुणस्तर नियन्त्रक र अनुदानको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
अन्तक्र्रियामा करिब दुई दर्जन नेपाली वैज्ञानिक, निजी क्षेत्र र संघसंस्थाका प्रतिनिधि उपस्थित थियो । अधिकांशले सोलर, बायो ग्यास, जैविक ऊर्जा, यस क्षेत्रमा चलनचल्तीमा रहेका प्रविधिलाई प्रवद्र्घन गर्न सुझाव दिएका थिए ।
किचनको फोहर र सेफ्टी ट्यांकीबाट ग्यास निकाल्ने प्रक्रिया, इन्धनमैत्री चुलो, ब्रिकेट र त्यसलाई ससाना टुक्रा पार्ने प्रविधि प्रवद्र्घन गर्न मन्त्रालयलाई सुझाव दिएका थिए । केही नेपालमा सबै किसिमका वैकल्पिक ऊर्जा र प्रविधिको सम्भावनाको पुष्टि भइसकेको तर कार्यान्वयन निकाय प्रभावकारी नहु"दा समस्या आएको बताएका थिए । 'मन्त्रालयले अघि सारेका प्रस्ताव साह्रै राम्रा छन् । तर हाम्रो कार्यान्वयन पक्ष कमजोर छ । विज्ञान, प्रविधि र वातावरण सरकारको प्राथमिकतामा कहिल्यै पर्दैन,' निजी क्षेत्रको प्रतिनिधित्व गरेको विनोद ढकालले भने ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तुलसी पाठक र त्रिलोचन भट्टराईले वातावरण मन्त्रालयको प्रस्ताव कार्यान्वयनमा प्रश्न गरेका थिए । 'तपाईंहरुले ल्याएका विषयवस्तु निकै राम्रा छन् । तर यी कार्यान्वयन हुन्छन् कि हुँदैनन् ?' उनीहरुको प्रश्न थियो ।
भिडियो: सुवोध गौतम

भिडियो हेर्नुहोस:
भिडियो: सुवोध गौतम