बैतडी—दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। बेपत्ता भएका थप एकजनाको शव बुधबार भेटेपछि मृतकको सङ्ख्या तीन पुगेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार मृतक राप्ला घर भई हाल खलङ्गा गल्फै बस्दै आएका २५ वर्षीय विमल बुढाथोकी रहेका छन्। 'मृतक बुढाथोकीको शव दुर्घटना भएको स्थानबाट करिब पाँच किमी तल दत्तुमा भेटियो', उनले भने।
महाकाली नदीमा बगिरहेका बेला उक्त शवलाई प्रहरी टोलीले निकालेको थियो।
यसअघि मङ्गलबार नै किसनसिंह धामी र कैलाश लुहारको शव महाकाली नदीबाटै प्रहरीले निकालेको थियो।
अन्य बेपत्ता भएका तीनजनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा अपि नगरपालिका– १५ का रमेश कुँवर, अपि नगरपालिका–११ का सुनिल लुहार र दार्चुलाकै अर्का हरकसिंह ऐरी रहेका छन्।
मङ्गलबार साँझ ४:३० बजेतिर अपि नगरपालिका–१६ धापबाट सदरमुकाम खलङ्गा जाँदै गरेको म१ज १४० नंको जिप मसिनबालुवा भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो । रासस