चितवन- मकवानपुर प्रहरीले आज कात्तिक २६ र भोलि २७ गते भाइ टीकाको दिन हेटौंडामा सर्वसाधरणका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ। मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार मध्यक्षेत्र प्रहरी प्रमुखको आदेश बमोजिक तिहार पर्वमा सर्वसाधरणलाई सुविधा दिनका लागि यसो गर्न लागिएको हो । इन्धन समस्याले गाडी निकै कम चल्दा सर्वसाधरणहरुलाई सास्ती बेहोर्नु परेको छ ।
बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म प्रहरीको बस सञ्चालन हुने सुचनामा उल्लेख छ । प्रहरीको बस बुद्धचोक, थानाभञ्ज्याङ हुँदै नवलपुरसम्म र सिमा चोक कर्रा हुँदै एचआइडीसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ।
काठमाडाैंमा प्रहरीले इन्धन अभाव भएसँगै नि:शुल्क बस सेवा सञ्चालन गर्दै अाएकाे छ।