बैतडी—दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। बेपत्ता भएका थप एकजनाको शव आज भेटिएपछि मृतकको सङ्ख्या चार पुगेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार मृतक अपि नगरपालिका–११ का सुनिल लुहार रहेका छन्। लुहारको शव महाकाली नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
यसअघि मङ्गलबार किसन सिंह धामी र कैलास लुहार तथा बुधबार विमल बुढाथोकीको शव महाकाली नदीबाटै प्रहरीले निकालेको थियो।
अन्य बेपत्ता दुईजनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा अपि नगरपालिका–१५ का रमेश कुँवर र अपि नगरपालिका–१२ का हरकसिंह ऐरी छन् ।
मङ्गलबार साँझ अपि नगरपालिका–१६ धापबाट सदरमुकाम खलङ्गा जाँदै गरेको म १ ज १४० नम्बरको जीप मसिनबलुवा भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो । रासस