काठमाडौँ- ग्यासको अभावमा चुलोे बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि आइतबारदेखि दाउरा बिक्री हुने भएको छ।टिम्बर कर्पोरेसनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री गर्न लागेको हो । अब उपभोक्ताले दाउरा प्रतिकिलो रु १५ मा पाउनेछन् ।
बिक्रीका लागि बाराबाट हाल एक लाख १० हजार किलो दाउरा ल्याइएको वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए। "चुलो बाल्न नपाएका परिवारका लागि प्राथमिकता दिई दाउरा बिक्री गरिनेछ, उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइनेछ, हाललाई दाउरा प्रतिकिलो रु १५ निर्धारण गरिएको छ"–उनले भने।
उपत्यकामा ग्यास सहज हुन नसकेपछि वनमन्त्री अग्निप्रसाद सापकोटाले मङ्गलबार बाराका वनबाट दाउरा ल्याई बिक्री गर्न निर्देशन दिनुभएको थियो । पहिलो चरणमा बाराबाट २०० ट्रक दाउरा ल्याइएको छ । ती दाउरा बिक्री गरिसकेपछि नवलपरासीबाट थप दाउरा ल्याई बिक्री गरिने टिसिएनले जनाएको छ । रासस