एक किलो दाउराबाट दुई किलो कार्बन उत्सर्जन
२९ कार्तिक २०७२
•
११ मिनेट पाठ
एक किलो दाउराबाट दुई किलो कार्बन उत्सर्जन
काठमाडौं-दुई सातापछि फ्रान्सको राजधानी पेरिसमा कसरी हरित गृह ग्यास उत्सर्जन कम गरेर विश्व तापक्रम नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्को बहस हँुदैछ । यो बहसमा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओबामासहित ६० भन्दा बढी देशका सरकार तथा राष्ट्रप्रमुख उपस्थित हुनेछन् ।त्यसमा नेपालले पनि भाग लिँदैछ ।

विडम्बना, वन जोगाएर वातावरणमैत्री मुलुकका रूपमा विश्वमा परिचित नेपालले नागरिकलाई हरितगृह ग्यास बढी उत्सर्जन गर्ने दाउरा आइतबार बाँड्न थालेको छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि विकल्पका रूपमा सरकारले राजधानीमा दाउरा बाँड्न सुरु गरेको हो ।

विज्ञहरूका अनुसार दाउरा बाल्दा हरितगृह ग्यासअन्तर्गतको मुख्य तŒव कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड निस्किन्छ । यसले वायु प्रदुषणमा मुख्य भूमिका निर्वाह गर्दछ । त्यसैले हरितगृह ग्यास उत्सर्जन कम गरी विश्व तापक्रम नियन्त्रण गर्ने संयुक्त राष्ट्रसंघको महासन्धि अनुमोदन गरेको नेपालको यो कदम बाध्यात्मक भए पनि वातावरणमैत्री भने छैन ।

हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गरेर विश्व तापमानको वृद्घिदरलाई दुई प्रतिशतमा कायम राख्न यो सम्मेलनले नया" विश्वव्यापी सम्झौता गर्ने लगभग टुंगो लागिसकेको छ । राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२१) वायु प्रदूषण घटाई तापक्रम नियन्त्रण गर्ने उद्देश्यको सबैभन्दा ठूलो मञ्च हो । महासन्धि अनुमोदन गरेको राष्ट्र भएकाले पनि नेपालको उपस्थिति अनिवार्य छ । यसका लागि प्रधानमन्त्रीलाई निमन्त्रणासमेत आइसकेको छ ।

'एलपिजी ग्यास र दाउरा बाल्दा निस्कने समग्र प्रदूषणको हिसाब गर्दा दाउरा नै बढी प्रदूषक मानिन्छ,' विश्व वन्यजन्तु कोषका उपनिर्देशन युगान मानन्धरले नागरिकस"ग भने ।

उनका अनुसार 'गोल्ड स्टान्डर्ड' विधि प्रयोग गर्दा एक किलो दाउरा बाल्दा एक वर्षमा दुई किलो कार्बन डाइअक्साइड निस्कन्छ । सरकारले अहिले जम्मा १८ सय टन दाउरा बाँड्ने योजना बनाएको छ । युगानका अनुसार यो दाउरा एक वर्षमा बाल्दा २ हजार ९ सय ५५ टन कार्बन डाइअक्साइड निस्कन्छ । उनले प्रयोग गरेको प्रविधिमा एक वर्षमा भएको खपतको हिसाब गरिन्छ ।

महासन्धिअन्तर्गतको वैज्ञानिकहरूको मञ्चले वायुमण्डलमा कार्बनको मात्रा बढेकाले विश्व तापक्रम तीव्र दरमा वृद्धि भइरहेको र त्यसले जलवायु परिवर्तनको समस्या निम्त्याएको पुष्टि गरेको छ । त्यसैले २१ आंै शताब्दीभित्र विश्व तापक्रम वृद्घिदरलाई दुई डिग्री सेल्सियसमा सीमित गर्न मञ्चले चेतावनी दिएको छ ।

मानन्धरले दाउरा बाल्दा ऊर्जा धेरै खेर जाने भएकाले बढी प्रदूषण हुने गरेको बताए । 'एलपिजीमा यो समस्या हँुदैन, त्यसैले कम प्रदूषण हुन्छ,' उनले भने ।

एलपिजी पनि प्रज्वलनशील इन्धन नै मानिन्छ । यसलाई बाल्दा पनि कार्बन मनोअक्साइड, हाइड्रोकार्बन र नाइट्रोजन अक्साइड निस्कन्छ । 'तर, एलपिजी बाल्नका लागि प्रविधियुक्त चुलोहरू बजारमा छन् । तर दाउराका लागि यस्ता चुलो बनेका छैनन्, त्यसैले प्रदूषण बढी हुन्छ,' मानन्धरले भने ।

उनका अनुसार दाउरालाई सामाजिक रूपमा कठिन इन्धन मानिन्छ । यसले मानवस्वास्थ्यमा पनि हानि पु¥याउ"छ । एउटा हरियो रूखले कार्बन सोसेर राख्ने भएकाले यसलाई काट्नेबित्तिकै कार्बन उत्सर्जन भएर वायुमण्डलमा जान्छ । 'यी कारणले पनि दाउरालाई धेरै प्रदूषक इन्धन मानिएको हो,' मानन्धरले भने ।

त्यसो त सरकारले वनजंगल जोगाएर कार्बन सञ्चित बढाउने र त्यसबाट विश्व समुदायबाट आर्थिक सहयोग लिने उद्देश्यले 'रेड' कार्यक्रम पनि लागू गरेको छ । यसका लागि वन मन्त्रालयले छुट्टै निकाय स्थापना गरेको छ ।

'यो हाम्रो बाध्यात्मक अवस्था हो । तर पनि यसलाई हामी अवसरका रूपमा प्रयोग गर्न सक्छौं,' जलवायु परिवर्तन परिषदका सदस्य बटुकृष्ण उप्रेतीले नागरिकस"ग भने, 'महासन्धि अनुमोदन गरेको राष्ट्रका हैसियतले दाउराजस्ता प्रदूषण गर्ने इन्धन प्रयोग गर्न नहुने हो । तर, नेपाल अति कम विकसित राष्ट्रमा परेकाले कानुनी रूपमा खासै फरक पर्दैन । दाउरा बाल्दा प्रदूषण भने हुन्छ ।'

उनले सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलले बाध्यात्मक अवस्थालाई अवसरका रूपमा प्रयोग गर्न सक्ने बताउ"छन् । 'यसलाई स्वच्छ ऊर्जा प्रवद्र्घनमा अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्न सकिन्छ । नेपाल र नेपालीले भोगेका समस्यालाई सम्मेलनमा राख्न सकिन्छ,' उप्रेतीले भने, 'सरोकारवाला मुलुकका प्रमुखस"ग इन्धन संकटबारे वार्ता पनि गर्न सकिन्छ ।'

उनले संकटको दीर्घकालीन उपाय पहिल्याउन सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्न सकिने बताए । 'नेपालले सम्मेलनमा भन्न सक्नुपर्छ । हामी इन्धन संकटमा छौं, जलविद्युत उत्पादनमा सहयोग गर्न अपिल गर्न सकिन्छ,' उप्रेतीले भने । उनले सम्मेलनमा परराष्ट्रका प्रतिनिधि, फ्रान्सका राजदूतलाई समेत सक्रिय बनाउन सुझाव दिए ।

वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार सम्मेलनमा भाग लिन प्रधानमन्त्रीलाई निमन्त्रणा आइसकेको छ । 'प्रधानमन्त्रीले राजनीतिक परिस्थिति हेरेर सम्मेलनमा जाने नजाने निर्णय गर्नुहुनेछ,' उनले भने ।

तर, वातावरण मन्त्री विश्वेन्द्र पासवानको नेतृत्वमा वातावरण सचिवलगायत विज्ञहरूको समूह र वन मन्त्रालयका चार जना सम्मेलनमा जाने लगभग निश्चित भएको छ ।

'दाउरा बाल्नु हाम्रो बाध्यता हो । यसले महासन्धि पक्ष राष्ट्रका हैसियतले नेपाललाई खासै फरक पर्दैन,' डा. पौडेलले भने, 'प्रदूषणको मूल्यभन्दा बाध्यताको मूल्य चर्को भएकाले दाउरा बाल्नुलाई नकार्न मिल्दैन ।'

दाउराको माग थेगिनसक्नु ः कर्पोरेसन

टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धक वीरेन्द्रकुमार यादवका अनुसार राजधानीमा आइतबारसम्म १ लाख ६ हजार १ सय ७० किलो दाउरा आइसकेको छ । यो दाउरा पशुपति र बालकुमारी डिपोबाट वितरण भइरहेको छ । 'हामीलाई दाउराको यतिविघ्न माग होला भन्ने लागेको थिएन । तर सर्वसाधारणको भिड हेर्दा अहिले ल्याएको दाउरा निकै कम हुने देखियो,' उनले भने ।

यादवका अनुसार कर्पोरेसनले बाराबाट २० दशमलव २५ चट्टा दाउरा ल्याउँदैछ । आइतबार वितरण गरिएको दाउरा पनि त्यसमध्येकै हो । एक चट्टामा ६ हजार किलो हुन्छ । बाराबाट थप ३२ चट्टा दाउरा ल्याउन सकिन्छ । तर, जिल्ला वन कार्यालयबाट त्यसको बा"डफा"ट हुन बा"की छ । 'यसमध्ये २० चट्टा छिटै आउ"छ,' उनले भने, 'दाउरा बाँड्ने कार्यक्रमलाई नियमित राख्छौं ।'

उनले बाराबाट आइसकेपछि नवलपरासीबाट २५ चट्टा ल्याउने योजना बनाएको बताए । त्यसपछि नेपालगन्ज र कैलालीबाट ल्याउने योजना बनाइएको छ । 'हामीस"ग तत्काल वितरण गर्न सकिने गरी करिब ३ सय चट्टा दाउरा छ,' यादवले भने । उनका अनुसार पोखरा, चितवन र हेटांैडाबाट समेत दाउराको माग आइरहेको बताए । 'हामीले यी सहरमा वितरण गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका छौं,' यादवले भने ।

उनले सर्वसाधारण, संघसंस्था, होटल र पार्टी प्लालेसहरुले धेरै मात्रामा दाउरा मागिरहेको जानकारी दिए । 'एउटै परिवारमा दुई/तीन सदस्य आउन थालेका छन् । हामीलाई आपूर्ति गर्न हम्मेहम्मे परेको छ', उनले भने । कर्पोरेशनले सर्वसाधारण व्यक्तिलाई प्रतिकेजी १५ रुपैयामा वितरण गरेपनि संघसंस्थालाई १७ रुपैयामा वितरण गरिरहेको छ ।

'यति गर्दा पनि सस्तोमा किनेर महँगोमा बेच्नेहरु सक्रिय छन भन्ने गूनासो सुन्नमा आएको छ', यादवले भने ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस