अन्तर्राष्ट्रिय समुदाय गुहार्दै चिकित्सक
३० कार्तिक २०७२
•
१० मिनेट पाठ
अन्तर्राष्ट्रिय समुदाय गुहार्दै चिकित्सक
काठमाडौं-भारतले गरेको नाकाबन्दीका कारण अत्यावश्यक औषधि अभाव हुँदा मानवीय संकट उत्पन्न भएको जनाउँदै नेपाल चिकित्सक संघले अन्तर्राष्ट्रिय चिकित्सा समुदायसँग सहयोग माग्ने भएको छ ।

नाकाबन्दीका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न समस्याबारे छलफल गर्न संघले सोमबार राजधानीमा गरेको चिकित्सक भेलाले मानवीय संकट निकासका लागि अन्तर्राष्ट्रिय सहयोग माग्ने निष्कर्ष निकालेको हो ।

सरकारले सलाइन, मुटु उपचारमा चाहिने लगायतका औषधि हाहाकार हु"दासमेत सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा र अवरोधकर्ता निकाय संवेदनशील नहु"दा मानवीय संकट आएको भेलामा चिकित्सकहरूले बताएका थिए ।

संघका अध्यक्ष डा. अन्जनीकुमार झाका अनुसार संघले केही दिनभित्रै आकस्मिक बैठक बोलाएर औपचारिक निर्णयसहित ती संस्थालाई अत्यावश्यक औषधि सहयोगका लागि आह्वान गर्नेछ । संघ आबद्ध रहेका संस्थाहरू विश्व चिकित्सक संघ, साउथ एसिया मेडिकल एसोसिएसन र कन्फेडेरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एन्ड ओसियानमार्फत विश्वभरका चिकित्सक संघहरूसँग सहयोग माग्नेछ ।

संघले यी संस्थाहरूलाई अत्यावश्यक औषधिको सूचीसहित सहयोग गर्न र कुनै पनि बहानामा औषधि र स्वास्थ्य उपकरण नरोक्नलाई अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आह्वान गर्नेछ । संघले आन्दोलनकारी दलहरूलाई समेत औषधि अभावका कारण बिरामीको ज्यानै जाने अवस्था आएको भन्दै संवेदनशील बन्न आग्रह गर्ने भएको छ ।

'सरकार राष्ट्रवादको नारा मात्रै लगाएर बसेको छ । मानवीय संकट हल गर्न सरकार असंवेदनशील भएकाले संघले बिरामीको जीवनरक्षाका लागि बाध्य भएर यस्तो कदम चाल्नुपर्ने अवस्था आएको हो,' संघका अध्यक्ष डा. झाले भने ।

संघका अध्यक्ष डा. झाले एक महिनाअघि नै विभिन्न अस्पतालका निर्देशकले नेपाल सरकारको सम्बन्धित निकायमा पुगेरै औषधिको सूचीसहित ध्यानाकर्षण गराए पनि सरकार संवेदनहीन देखिएको बताए ।

'सरकार, आन्दोलनकारी, छिमेकी कोही पनि संवेदनशील देखिएनन्,' उनले भने, 'आकस्मिक कक्ष र आइसियुमा पुगेका बिरामीको जीवनरक्षाका लागि अत्यावश्यक औषधि नपाएर मृत्यु हुनेसम्मको अवस्था आइसक्दा पनि कुनै चासो छैन ।'

यसैगरी, वरिष्ठ चिकित्सकहरूले समेत सरकारले नाकाबन्दीको बहाना बनाएर अत्यावश्यक औषधिको आपूर्तिका लागि सरकारले बैठक गरे पनि काम नगरेको बताए । यस्तै अवस्था रहे दिन सक्ने सेवा प्रभावित नहुने गरी सडकमै ओर्लिएर दबाब सिर्जना गर्नुपर्ने उनीहरूको ठहर छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नाकाबन्दीका कारण हजारांै मान्छेको ज्यान जोखिममा परेको बताए । 'मान्छेको जीवनको मूल्य नहेर्ने हो भने केही छैन, होइन भने अहिले हजारौं मान्छेको ज्यान जोखिममा छ, जसको लेखाजोखै हुन्न,' उनले नागरिकस"ग भने, 'यो राजनीतिक एजेन्डा नै होइन, यो मानवीय संकटको अवस्था हो ।'

डा. कोइरालाले डाक्टरले औषधि नपाएर म¥यो नभनिदिँदासम्म बिरामीले थाहा नपाउने जनाउँदै यकिन रेकर्ड नभए पनि अब गम्भीर अवस्था आइसकेको बताए । पछाडि सार्न मिल्ने शत्यक्रियालाई सार्दै केही अत्यावश्यक औषधि मागी खल्तीमा राखेर हिँडेको जनाउँदै उनले यसरी धेरै दिन धान्न सक्ने अवस्था नरहेको बताए ।

वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की धेरैले मानवीय संकट उत्पन्न भएको भन्दै आए पनि अहिले मूर्त रूपमै मानवीय संकट आएको बताए । 'अत्यावश्यक औषधि उपचार कार्यमा सरसामान, रगत संकलन गर्ने भाँडोसमेतको अभाव गहिरिँदै गएको छ,' उनले थपे, 'यही कारणले मान्छेको मृत्यु हुने अवस्था आइरहेको छ ।'

उनले यो अवस्थालाई गम्भीर रूपमा लिएर सरकारले आन्तरिक रूपमा आन्दोलनकारी दल र भारतसँग कूटनीतिक पहल गर्नुपर्ने र नभए वैकल्पिक उपाय खोज्न ढिला गर्न नहुने बताए । 'स्वास्थ्य सेवामा पहँुच बाहिरको अवस्था आउँदा सरकार पूरै अकर्मण्य देखिएको छ, भाषण गरेर र मुखले मात्रै ठिक्क पारेर भएन,' उनले थपे, 'गम्भीर अवस्थाका बिरामीलाई अपरेसन गर्न हिच्किचाउने अवस्था आउँदा पनि भाषणले मात्रै हुन्छ ?'

त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा. सुवास आचार्यले आइसियु र इमर्जेन्सीमा चाहिने तथा तत्काल मेडिकल इन्टरभेन्सनमा प्रयोग गर्नुपर्ने औषधिको हाहाकार भएको बताए । 'अहिले गम्भीर मानवीय संकटको अवस्था हो,' डा. आचार्यले भने, 'धेरै मानिसको मृत्युको कारण औषधि अभाव बन्ने अवस्था आइसकेको छ ।'

सरकारले कात्तिक दोस्रो साता नै अत्यावश्यक औषधि हवाई मार्गबाट ढुवानी गर्ने भने पनि कुनै पनि पहल गरेको छैन । यसबीचमा सरकारी अधिकारीले अर्थमा प्रस्ताव गएको बताए पनि फेरि पछिल्लोपटक भएकै च्यानललाई सक्रिय पार्ने भन्दै सरकार पछाडि हटेको छ ।

चिकित्सकहरूका अनुसार पछिल्ला दिनमा अकस्मात मुटु चल्न बन्द भए नभई नहुने औषधि 'एड्रिनालिन' लगायत ७० प्रकारका जीवनदायी औषधि, इन्जेक्सन र सलाइनको अभाव भएको छ ।

गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने भासोप्रेसिन, मुटुले काम गर्न छाडेको अवस्थामा रक्तचाप बढाउन प्रयोग गरिने नन–रेड्रेनलाइन र रक्तचाप घटाउन प्रयोग गरिने एस्मोलोलको पनि अभाव छ । त्यसै गरी भेन्टिलेटरमै राख्नुपर्ने बिरामीका लागि ट्युब, पाइप लगायत शल्यक्रियामा प्रयोग हुने एनेस्थेसियाका औषधिको समेत अभाव भएको छ ।

नाकाबन्दी लम्बिँदै जाँदा महŒवपूर्ण औषधि अभाव भएपछि दसंै अगाडि नै ठूला ९ सरकारी अस्पतालका निर्देशकले सयुक्त रूपमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । दसंैपछि आपूर्ति मन्त्रीलाई भेटेर इन्धन जोहो गरे पनि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था गर्न ध्यान नदिएको उनीहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने गत शुक्रबार आपूर्तिकर्ता, बिक्रेता र उत्पादकहरूको बैठक बोलाएर अत्यावश्यक औषधिको अभाव हुन नदिने र आवश्यक परे हवाईमार्गबाटै ढुवानी गर्ने प्रतिबद्धता गरेको थियो । तर पनि प्रतिबद्धता अनुसार औषधि आउन सकेको छैन ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले सरकार संवेदनशील अवस्थामा चुप लागेर नबसेको बताए । उनले सोमबार पनि आपूर्तिकर्ता, उत्पादनसहितको बैठक स्वास्थ्यमन्त्रीकै उपस्थितिमा बसेको जानकारी दिए । उनले अहिलेको अवस्थामा प्लेन चार्टर गरे भटाभट औषधि किनी बोकेर फर्किन सम्भव नहुने भन्दै सबैले नियमित प्रणालीलाई नै सक्रिय गराउनुपर्ने बताए ।

खकुरेलले आपूर्तिकर्ता, स्टकिस्टहरूलाई आग्रह गरेर औषधिको नियमित आपूर्तिका लागि प्रयास गर्न आह्वान गर्ने जनाउँदै ती संस्थालाई परेका समस्या हल गर्न कुनै पनि किसिमको सहयोग गर्न सरकार तयार भएको बताए । 'अस्पतालहरूले समेत आफूले नियमित औषधि ल्याउने मान्छेलाई बोलाएर किन नल्याएको, के समस्या छ भन्नुप¥यो, नल्याए कालो सूचीमा राख्नुपर्छ,' उनले भने, 'यो अप्ठेरो र विशेष परिस्थिति हो भनेर नेपालका निर्यातकर्ताहरूले पनि विशेष पहल गर्नुपर्छ ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस