इटहरीमा बग्रेल्ती खुलेर बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न आह्रवान गरिएको छ।
संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले सोमबार पत्रकार सम्मेलन गरी बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल इजाजत लिन आह्रवान गरेको हो। इटहरीमा बग्रेल्ती खुलेका मेनपावरका शाखा कार्यालयबाट ठगीमा पर्नेमा विना इजाजत सञ्चालित मेनपावर बढी भएको गुनासो बढेपछि कानुनी प्रक्रिया पूरा गर्न आह्रवान गरिएको हो। बिना इजाजत शाखा कार्यालयमार्फत विदेश जानेलाई ती शाखा कार्यालयबाट तोकिएको बढी शुल्क लिने र भनिएको भन्दा फरक काममा लगाउने गरेको पाइएको छ।
इटहरीमा अधिकाशं मेनपावरका शाखा कार्यालय बिना इजाजत सञ्चालित छन्। आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीले संयुक्त रुपमा मेनपावरहरुमा छापा मारेको थियो। अनुगमनका क्रममा भेटिएका इजाजत नलिएका मेनपावर कम्पनीलाई कानूनी रुपमा दर्ता हुन निर्देशन जारी गरिएको थियो।
तथ्याङ्कं अनुसार इटहरीमा ६० भन्दा बढी गैरकानूनी मेनपावरका शाखा छन्। जसले गर्दा विदेश जानेहरुको लगानी जोखिममा हुनुको साथै मेनपावर व्यवसायको छबी बिग्रदै गएको व्यापक जनगुनासो बढेको छ। यसरी जनगुनासो बढीरहँदा संयुक्त बैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले इजाजतको प्रकृयालाई सहज बनाउन बैदेशिक रोजगार विभाग र सरकारसँग पहल गर्ने जनायो।
इटहरीमा यतिबेला १६ वटा मात्र मेनपावरका शाखाले मात्र इजाजत लिएका छन्। इजाजत प्राप्त मेनपावरको छाता संगठन संयुक्त बैदेशिक रोजगार व्यवसायी इटहरीले लुकिछिपी तथा गैरकानूनी रुपमा अब इटहरीमा बैदेशिक रोजगारका गतिबिधि सञ्चालन नगर्न पहल थालेको हो। यसको लागि सबै निकायसँग पहल थालिने भएको छ। इटहरीको चौरास्त चोकको पाँच सय मिटरदेखि चारैतिर फैलिएको क्षेत्रमा मेनपावरका शाखा छन्। जसमा पनि सबैभन्दा बढी इटहरीको धरान रोड क्षेत्रमा बढी मात्रमा मेनपावरका शाखाहरु छन्।