जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
१५ असार २०७९
•
७ मिनेट पाठ
जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झै कर्णालीमा पनि मनाइँदै छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगपालिकाको मणिकापुर थारू बस्तीमा धान दिवस मनाउन थालिएको हो।




यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको छ। प्रदेश सरकारले हरेक वर्ष चैत १२ गने यो प्रदेशका नौ जिल्लाबाहेक जुम्लालाई मात्र सार्वजनिक बिदा दिँदै आएको छ।

आज भने जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। जुम्लामा मार्सी धानको यतिबेला किसानहरुले गोडमेल गरिरहेका छन्। प्रदेश एउटै भए पनि भौगोलिक विविधता र विशिष्टताले मार्सी धानले आफैँ ऐतिहासिक र सांस्कृतिक महत्व एवं गरिमा बोकेको छ।  

संसारको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्ला पातारासी गाउँपालिकाको छुमचौर ज्यूला, कालीमार्सी धान, लक्षालकृति पैकेलो (शुरवीर)र चन्दननाथ बाबाबीच अन्योन्याश्रित सम्बन्ध छ। छुमचौर प्रकृति प्रदत्त भूमि हो भने कालीमार्सी देशको शीर्ष नेतृत्व, उच्च अधिकाकारीदेखि तत्कालीन राजा महाराजाहरुले खानाका रुपमा प्रयोग गर्दै आएको उच्च मूल्यको रैथाने खाद्य बाली हो।

त्यस्तै, काली मार्सी धानको इतिहास, महत्व र विशेषतासँग मूलतः लक्षालकृति पैकेलो, चन्दननाथ बाबा र उच्च स्थान जोडिँदै आएको छ। कालीमार्सी धानको इतिहाससम्बन्धी जानकारहरुका अनुसार यसको प्रतिपादक लक्षालकृति पैकेलो र चन्दननाथ बाबा त्यसको प्रवरद्वक भन्ने बुझिन्छ। साबिकको तातोपानी तथा हालको तातोपानी गाउँपालिकामा कन्या आमाको गर्भबाट अवैधरुपमा जङ्गलमै जन्माइएका र जङ्गलमै हुर्किएका लक्षालकृति असाधारण व्यक्ति भएको र उनले कालीमार्सी धान पत्ता लगाएको किंवदन्ती छ।  

इतिहासम्बन्धी जानकार रामकृष्ण बुढ्थापाले जङ्गलमा हुर्कंदैको अवस्थामा पैकेलले धानको साउँ (धान मार्ने झार) जस्तो अन्न खाएर बाँचेकाले र उनैले यो कालीमार्सी धान पत्ता लगाएको उल्लेख गरे। उनले भने, 'तत्कालीन समाजसुधारक तथा सृजनशील सोचका व्यक्तित्व चन्दननाथ बाबाले आफू धान खेती गर्दै गर्दा तातोपानी गाउँपालिकाको हालको लाक्षु ज्यूलोमा रहेको ‘गुरु फोक्टो’मा लक्षालकृतिलाई नै रोपेर परीक्षण गर्न लगाएको पाइन्छ।'

गुरु फोक्टोमा पहिलो पटक यो धान रोपेको र त्यसपछि जुम्लाका सबै स्थानमा बाबाले कालीमार्सी धान बालीे खेतीको विकास एवं विस्तार गरेको उनले बताए। उनले भने, 'कालीमार्सी धान भारतको काश्मीरबाट ल्याइएको भनेर विभिन्न ठाउँमा उल्लेख गरिए पनि यो जुम्लामै पत्ता लगाइएको हो। पैकलाले नै मार्सी धानको प्रतिपादन गरेको तथ्यलाई सत्य मान्न सकिन्छ।'  

बुढ्थापाले मार्सी धानको वास्तविक इतिहासलाई तोडमोड गरेर लेखिनु दुर्भाग्य भएको औँल्याए। उनका अनुसार यस्ता किसिमका कुतर्क र काल्पनिक कुराले कालीमार्सी धानको बौद्धिक सम्पत्ति माथिको अधिकार गुम्ने खतरा बढ्दै जान्छ र यसमा राज्य नै होसियार हुनुपर्दछ।  

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य कालीमार्सी धान बालीको खेती ११औँ शताब्दीतिर जुम्लामा सुरु गरिएको बताउँछन्। उनी भन्छन्, 'कालीमार्सी यदि काश्मीरबाट ल्याइएको हो भने त्यहाँ उत्पादन गरेको खै त ?'प्रश्न गर्दै उनले भने, 'अहिले पनि हामी त्यहाँ कालीमार्सी धान उत्पादन गरिन्छ भन्ने देखेका, सुनेका र पढेका छैनौँ।' संस्कृतिसम्बन्धी जानकार आचार्यले मार्सी धानको प्रतिपादन र   प्रवर्द्वनमा पैकलो र गुरु चन्दननाथ बाबाको योगदान रहेको बताए।  

ऐतिहासिक विरासत बोकेको कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइसम्म उत्पादन हुँदै आएको छ। धानखेतीका हिसाबले संसारको उच्च भागमा पर्ने जुम्लाको पातारासी गाउँपालिकाको छुम गाउँस्थित छुमचौर ज्यूलोमा फल्ने भएकोले यो विश्वभर चर्चित छ। यसो हुनुलाई जुम्लाले ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक संयोजन र सङ्गम मान्दछ।

हाल जुम्लामा दुई हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। त्यसमध्ये एक हजार ५०० हेक्टर जमीनमा काली मार्सी धानबाली खेती गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार एक हजार ४५० हेक्टर जमीनमा चन्दननाथ १ र ३ जातको धानबाली लगाइएको छ। यो धान प्रतिहेक्टर ३० क्वीन्टलका हिसाबले कूल उत्पादन ४३ हजार ५०० क्विन्टल हुन्छ।  

'कालीमार्सी धान प्रतिहेक्टर २३ क्वीन्टलका दरले एक हजार ५०० हेक्टर क्षेत्रफलमा कूल ३४ हजार ५०० क्विन्टल उत्पादन हुन्छ,' कार्यालय प्रमुख अधिकारीले भने, 'पछिल्लो समयमा कालीमार्सी चामलको बजार माग र मूल्य बढेका कारण किसानहरु यसमा आकर्षित हुँदा विगतभन्दा यस वर्ष कालीमार्सी धान खेतीको क्षेत्रफल बढेको हो।' एक दशकसम्म ब्लाष्ट रोगले दुःख दिएपछि अहिले बीउको उपचार गरिएको र त्यसको प्रभाव कम हुँदै जाँदा यसको खेतीमा किसानको आकर्षण बढेको उनले बताए।  

कालीमार्सी धानको विशेषता

कालीमार्सी धान खेतीको तयारी चैत १२ गते देखिन्छ गरिन्छ जसलाई ‘बारुवा’ भनिन्छ। जुम्ली मान्यताअनुसार त्यो दिन कालपहाडबाट नफर्कने जो कोहीको मृत्यु भयो भन्ठान्ने प्रचलन आजपर्यन्त पाइन्छ। १२ गते केलाएर असल बीउ सकेसम्म अल्लो वा भाँगोबाट बुनेको बोरोमा हालेर चार दिनसम्म पानीमा भिजाइन्छ। चैत १६ गते यसलाई पानीबाट झिकेर उक्त बीउ घरको मैडो (चुलो नजिक बस्ने ठाउँ) मा फेरुवा (बाख्राको बग्रालबाट बुनेको कपडा) मा न्यानो पारी ढाकेर राखिन्छ। जुन दिनलाई ‘सोरुवा’ भनिन्छ।

चैत १६ गतेदेखि न्यानो पारेर राखेको मार्सी धानको बीउ पुनः २० गते खोलिन्छ जतिबेलासम्म बीउमा टुसा उम्रिसकेको हुन्छ। टुसा उम्रेको बीउलाई तयार पारेको बेर्नामा किसानहरुले छर्दछन्। त्यही दिनलाई ‘विसुवाँ’ भनिन्छ जुन दिन मार्सी चामलको खाना, मकैबाट बनेको पुवा, सेल रोटी, खीर लगायतका मीठामीठा परिकार खान्छन् र राम्रो लुगााका साथमा युवायुवतीहरु धानखेती गर्ने ज्यूलोमै गएर सुख दुःख साटासाट गर्दछन्।  

वैशाखको दोस्रो सातादेखि रापेर असार १० गतेसम्म मैजारो फाल्ने र कार्तिकमा भण्डारण गरिने मार्सी धानको चामल फिक्का रातो हुन्छ र पकाउँदा भात अरूभन्दा गिलो हुन्छ। साह्रोभन्दा अलि गिलोमा मीठो हुन्छ। यसमा प्रोटिनको मात्रा बढी, कार्बोहाइड्रेड, भिटामिन, फ्याटलगायतका तत्व पाइने, खाँदा आडिलो र चाँडै भोक नलाग्ने प्रकृतिको हुने गरेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए।  

'हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सी चामलको महत्वपूर्ण विशेषताका र उच्च मूल्यका कारण देशका सम्भ्रान्त वर्गले र सम्पन्न सहरले मगाएर खान्छन्। यो स्वादिष्ट पनि हुन्छ,' प्रवक्ता कठायतले भने, 'पछिल्ला वर्षहरुमा यसको बजार झनै फराकिलो बन्दै गएको छ।' मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिने रैथाने बाली मार्सी धान संरक्षण, प्रवर्द्वन  र संवर्द्वन एवं यसको बौद्धिक सम्पत्तिमाथिको अधिकार लिन नेपाल सरकारको उच्च पहल हुनुपर्ने उनको  भनाइ थियो।  

मार्सीको बजार मूल्य  

केही समयदेखि यो धानको चर्चा निकै चुलिएको छ। यसबारे थाहा नपाएका नेपाली नागरिकलाई पनि मार्सीको महत्व र विशेषताबारे अहिले जानकारी बढ्दो छ। अहिले यसको बजार मूल्य जुम्लामा प्रतिकेजी रु १८० हुँदा काठमाडौँ लगायतका देशका विभिन्न सहरहरुमा प्रतिकेजी रु २५० पुगेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए।  

'चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अहिले रु ४० लाखको मार्सी चामल सङ्कलन गरेको छ,' कार्यकारी व्यवस्थापक पाण्डेले भने, 'उक्त चामल नेपालका भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानसम्म संस्थामार्फत हामीले बेचेका छौँ ।' बजार माग निकै बढेकोले आपूर्ति गर्न नसकिएको उनले बताए।  

कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने अधिकांश पर्यटकहरुले मार्सी चामलाई नै प्रमुखतामा राखेर कासेली लिने गरेको उनले बताए। व्यवस्थापक पाण्डेका अनुसार अहिले अमेरिकारले चालीस क्विन्टल मार्सी चामल पठाउन आग्रह गरेको छ। अफसिजन भएकाले त्यसको जुगाड गरेर पठाउने तयारी गरिरहेका छौँ। मार्सीको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी  ५०० देखि ७९० रहेको उनको भनाइ छ।

विसं १९०४ मा जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदादेखि मोहन शमशेरको पालासम्म हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको काली मार्सी चामल पठाउने क्रम तत्पश्चात् प्रशासनिक रुपमा भंग भएको छ। अहिले किसानको मेहनतलाई लागतसँग जोडेर उच्च मूल्यमा बिक्री हुने कालीमार्सी धान उत्पादनमा किसानहरु पनि उत्साहित हुँदै गएका छन्।  

जुम्लामा मात्र उत्पादन भए पनि काली मार्सी चामलले अन्तराष्ट्रिय बजार लिइसकेको छ। यसले भाषा, साहित्य, कला, संस्कृतिको उद्गमस्थल जुम्ला सिञ्जा, कर्णाली र सिङ्गो नेपाललाई विश्वमाझ चिनाउन ठूलो योगदान पुर्‍याएको छ।  

यसबाट प्राप्त हुने तत्व र महत्व दुवैलाई विश्व बजारले बुझिसकेको छ। तथापि मार्सीप्रतिको बढ्दो मोह र घट्दो उत्पादन किसानका साथै सरकारका लागि ठूलो चुनौतीको विषय बन्दै गएको छ। तसर्थ, बजारको माग अनुसार मार्सी धानको उत्पादनमा वृद्धि र संरक्षण गर्नतर्फ नेपाल सरकार बेलैमा विशेष ध्यान दिनुपर्दछ।  
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस