लुम्बिनी प्रदेश: बाढी पहिरोले ठाँउ-ठाँउमा सडक अवरुद्ध, बस्ती डुबानमा
१५ असार २०७९
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेश: बाढी पहिरोले ठाँउ-ठाँउमा सडक अवरुद्ध, बस्ती डुबानमा
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा मंगलबार साँझदेखि बुधबार राति अवेरसम्म लगातार वर्षा भएको छ। लगातारको बर्षाका कारण आएको बाढी पहिरोले ठाँउ ठाँउमा सडकहरु अवरुद्ध भएका छन्। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दजर्नौ सडकमा पहिरो खसेर आवगमन अवरुद्ध भएको छ। केही सडकको पहिरो पन्छाएर एकतर्फी संचालनमा ल्याइएको छ। तर पानी पर्न नरोकीएकाले पहिरोको जोखिम यथावत् रहेको प्रहरीले जनाएको छ।  




सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा बुधबार बिहानैदेखि पहिरो खसेर बाटो अवरुद्ध भयो। दिउँसो झरी कम भएपछि पहिरो पन्छाएर एकतर्फी संचालनमा ल्याइएपनि साँझपख फेरी पहिरो खस्न सुरु गरेको प्रहरीले जनाएको छ। सिद्धार्थ राजमार्गकै पाल्पा–पोखरा सडकको बगनासकालीमा,पाल्पा–गुल्मी तम्घास खण्डको रुरुक्षेत्रको रातमाटामा, रिडी–बुर्तीवाङको सत्यवतीमा पहिरो खसेर बिहिबार बिहानै देखि बाटो अवरुद्ध भएको थियो। 

दाङको घोराही १७ मा पहिरोले दाङ–रोल्पा खण्ड,प्युठानको सरुमारानीमा पहिरो खस्दा भालुवाङ–रोल्पा,रुकुमकै भुमेमा पहिरो खसेर मध्यपहाडी राजमार्गको यातायात अवरुद्ध भएको थियो। यी सडक मध्ये केहीमा बिहिबार दिँउसो पहिरो पन्छाएर एकतर्फी संचलनमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगन्द्रसिंह थापाले जानकारी दिए।  

केही सडक संचालनमा आएपनि पानी पर्न र पहिरो खस्न नरोकीएकाले जोखीम यथावतै रहेकाले सके सम्म यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाइ अपिल गरेको छ। त्यस्तै पुर्व पश्चिम राजमार्गको अन्तर्गत नवलपरासीमा पर्ने नदिहरुमा बनाइएको डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडक अबरुद्ध  छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका नेपालगञ्ज,दाङको घोराही र भैरहवा, बुटवलमा सबैभन्दा धेरै वर्षा भएको छ। भारी बर्षाका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी, बर्दिया, बाँके जिल्लाका केही बस्तीहरु डुवानमा परेका छन्। लगातारको वर्षाले बुटवलको तिनाउ किनारको सुकुम्बासी बस्तीमा पानी पसेर जलमग्न छ। 

खोला किनारका घरहरु जोखीमा छन्। बुटवलकै ज्योतीनगर र लक्ष्मीनगरमा पहिरोको जोखीमा रहेका घरहरुमा बाढीको पानी पसेर क्षति भएको छ। बुधबार लक्ष्मी नगरका दुइ घरमा भेल पसेर आंशिक क्षति भएको प्रहरीले जनाएको छ। ज्योतीनगरमा बस्तीमाथिबाट ढुंगा र लेदोसहितको भेल बग्न छोडेको छैन।  

खानेपानीको पाइप बगाउँदा ६० परिवारले पानी खान पाएनन्

बाढी पहिरोले प्युठानको नौबहिनी गाँउपालिका ६ का पोमनारायण रिजालको बाखा्राको खोर बगाउँदा दुइ वटा बोका र दुइ वटा खसी मरेको छ। सोही ठाँउमा बामदेव रिजाल र हरि रिजालको घरमा पहिरोले क्षती पुरयाएको छ। त्यस्तै पुरन प्रसाद रिजालको बाख्रा तथा बस्तु भाउ क्षती भएको प्युठान प्रहरीले जनाएको छ। नोबहनिीकै धाजामा खानेपानीको पाइप बगाउदा ६० घर परिवारले पानी खान पाएका छैनन्। प्युठानकै झिमरुख खोलाको निर्माणाधिन पुलका सामान बगाउँदा करिब २४ लाख क्षती भएको बताइएको छ। गुल्मीको मुसीकोट ३ का टेकनारायण न्यौपानेको  गा्ेठ पहिरोले पुरीदा दुुइवटा  भैसी मरेका छन्।

 चट्याङ लागेर दुइको मृत्यु

प्रदेशमा पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परी मानविय क्षति नभएपनि रुपन्देही र बाँकेमा चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ। चट्याङ लागेर बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं. ३  नारायणपुर ७ का अभिसेक थारुको बुधबार चट्याङ लागेर मृत्यु भएको छ। चट्याङ लागेर रुपन्देहीमा पनि एक जनाको मृत्यु भएको छ। रुपन्देहीको सियारी गाँउपालिका २ का ४५ बर्षका रामनाथ बरइको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस