काठमाडौं- भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याबउन सकेका छैनन्। नेपाल रेडक्रस समाज, विश्व खाद्य कार्यक्रम, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइआरसी), अन्तर्राष्ट्रिय संस्था अक्सफाम लगायतका संघसंस्थाले इन्धन अभावका कारण राहत वितरण प्रभावित भई मानवीय संकट निम्तने खतरा बढेको भन्दै विज्ञप्ति नै जारी गरेका छन्। अमेरिका, बेलायत, जापान लगायतका दातृ राष्ट्रले पनि अहिले देखिएको समस्याले राहत वितरण प्रभावित हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
'जाडोमा आवश्यक पर्ने बन्दोबस्तीका सामग्री खरिद गरी ल्याउन र वितरण गर्न इन्धन अभावका कारण असहज भएपछि नेपाल रेडक्रस समाजले भूकम्पपीडितलाई सामग्रीको सट्टा नगद रुपैयाँ उपलब्ध गराउने निर्णय लिएको छ,' समाजका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले नागरिकसँग भने, 'नगद प्रदान गर्ने कार्यक्रम आइतबार सुरु गरेका छौं।'
रेडक्रसले भूकम्प अति प्रभावित १४ जिल्लाका ७० हजार परिवारलाई 'मौसमी सहयोग' कार्यक्रमअन्तर्गत प्रतिपरिवार ७ हजार रुपैयाँ उपलब्ध गराउनेछ। सरकारले भूकम्पबाट अति प्रभावित परिवार भनी 'क' वर्गमा राखेका परिवारलाई कुल ४९ करोड रुपैयाँ वितरण गरिनेछ।
'इन्धन नहुँदा निकै अप्ठेरो परेको छ। भूकम्पपीडित रहेको क्याम्पमा जान सकिएको छैन। उनीहरूसँग अन्तरक्रिया गर्न गाह्रो भएको छ,' पौडेलले भने। भूकम्पपीडितलाई जाडो यामका लागि न्यानो कपडा किन्न नगद रुपैयाँ उपलब्ध गराए पनि त्यो रकमबाट पीडितले न्यानो कपडा पाउनेमा रेडक्रस ढुक्क हुन सकेको छैन। 'भूकम्पपीडित सामग्री खरिदका लागि बजारसम्म आउन सक्छन्/सक्दैनन्, सामग्री बजारमा पाउँछन्/पाउँदैनन् निश्चित छैन,' पौडेलले भने।
रेडक्रसले यसअघि भूकम्प प्रभावित ४० हजार परिवारलाई प्रतिपरिवार १५ हजारका दरले ६० करोड रुपैयाँ वितरण गरिसकेको छ। इन्धन अभावले रक्तदान क्याम्पहरू सञ्चालन गर्न पनि बाधा पुगेको रेडक्रसले जनायो। इन्धन नपाइँदा एम्बुलेन्स र रक्त आपूर्ति सेवा प्रभावित भएको छ।
भूकम्प प्रभावित अत्यन्त दुर्गम गाउँमा राहत वितरण तथा विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत सामग्री पुर्या उँदै आएको राष्ट्रसंघीय संस्था विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई पनि इन्धन अभाव हुँदा कठिनाइ भएको छ। डिजेल अभाव हुँदा डब्लुएफपीले नगद र खाद्यसामग्री राहत वितरण कार्यक्रम रोक्नै परेको थियो। केही इन्धन जोहो गरेपछि अहिले डब्लुएफपीले राहतका कार्यक्रम जेनतेन चलाइरहेको छ।
'भनेजति इन्धन नहुँदा राहत वितरणमा समस्या परेको छ। इन्धन अभावले राहत वितरण कार्यक्रम पूरै रोकिएको भने छैन,' डब्लुएफपीका सञ्चार अधिकृत रामजी दाहालले भने। भूकम्प प्रभावित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्नुअगावै ८४ हजार मानिसलाई जाडोमा चाहिने न्यानो कपडा, खाद्यसामग्री र बासस्थान व्यवस्था गर्नुपर्ने ठम्याइ डब्लुएफपीको छ।
भूकम्प प्रभावित क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था अक्सफामले पनि इन्धन अभाव हुँदा राहत सामग्री पीडितसमक्ष पुर्या्उन कठिन भएको जनाएको छ। 'अस्पतालहरू अत्यावश्यक औषधिबिना चलिरहेका छन्। महŒवपूर्ण सार्वजनिक सेवा अवरुद्ध छन् र अक्सफाम जस्ता विकास नियोगहरू इन्धन सुनिश्चित गर्न नसक्दा भूकम्प प्रभावित क्षेत्रमा पुग्न सकिरहेका छैनन्। यो अवस्थाले निरन्तरता पाए अक्सफामको मानवीय कार्यक्रम दुई साताभन्दा बढी जान सक्दैन,' केही दिनअघि जारी विज्ञप्तिमा अक्सफामका नेपाल निर्देशक सिसिलिया केइजरले भनेकी छन्।
अक्सफामले इन्धन अभाव हुँदा दुर्गम गाउँमा सञ्चालन गरेको केही राहत वितरण कार्यक्रम कटौती गरिसकेको छ। हिउँ नपर्दै उच्च पहाडी तथा हिमाली भेगमा रहेका भूकम्प पीडितलाई न्यानो कपडा पुर्यारउने आफ्नो योजना पनि इन्धनका कारण प्रभावित हुने जनाएको छ। 'निर्माण सामग्री पनि सीमित भएको छ जसका कारण अक्सफामको खानेपानी कार्यक्रम पनि प्रभावित भएको छ। यो समस्या छिट्टै समाधान नभए मानवीय संकट उत्पन्न हुनेछ, त्यसप्रति हामी निकै चिन्तित छौं,' केइजरले भनेकी छन्।