बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?
१६ असार २०७९
•
५ मिनेट पाठ
बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?
वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउँछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन्। वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ। वर्षा याममा  धमिलोपानी आउने भएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ।




पानी पर्ने दिन धारोमा पानी आउँदैन

खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन्। धमिलो पानी वितरण नगर्न अदालतले समेत आदेश दिएको छ।

सामान्य अवस्थामा समेत नगर खानेपानीले उपभोक्ताको मागअनुसार खानेपानी आफूर्ति गर्न सकेको छैन। नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउने गरी नगर खानेपानी लिफ्ट आयोजना निर्माणधीन अवस्थामा छ। आयोजना सकेर घर–घरमा पानी पुर्‍याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ।

काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम बल्ल ८० प्रतिश पूरा भएको छ। नगर खाने पानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या भएका कारण धमिलो पानी उपभोक्तमा नपुगोस् भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरिएको बताए।

'सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौँ तर पानी पर्दा धमिलो पानी आउँछ फिल्टरले धान्दैन' उनले भने,'लिफ्ट आयोजना नबन्दासम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सकिँदैन, अस्थायी रुपमा खाने पानी शुद्धीकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउँदासमेत माग धान्नै समस्या हुने अवस्थामा पानी नआउँदा उपभोक्तालाई समस्या नै हुन्छ।'

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन्। बर्खा लागेपछि शुद्ध खानेपानीको खोजीमा मूलको पानी ल्याउन उपभोक्तले समय खर्चिनुपर्ने भएको छ। शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगर खानेपानी संस्थालाई ध्यानार्कषण गराउँदै आएको उपभोक्ता डिल्ली गौतमले बताए।

बागलुङ नगरपालिका–३ काठेखोलामा  निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा ८० प्रतिशत प्रगति भएको छ। लिफ्ट आयोजना सम्पन्न भएपछि नगरवासीले खानेपानीमा राहत पाउने अवस्था भए पनि आयोजनाको काम कछुवा गतिमा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन्। लिफ्ट खानेपानी आयोजना जिल्लाकै ठूलो लिफ्ट आयोजना हो।

आयोजना पूरा नहुने र रेश तथा लेखानीबाट ल्याइएको पानी नियमित नहुँदा नगरपालिकामा खानेपानीको हाहाकार हुन्छ। दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको यो आयोजना चार वर्ष बित्दासमेत ८० प्रतिशत मात्रै काम सकिएको छ। नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना सुरु भएको थियो।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते ३२ करोड २५ लाख रुपैयाँ लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको आयोजनाको काम चार वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। यही गतिमा आयोजना बढेमा काठेखोलाको पानी बजारमा ल्याउन अझै एक वर्ष लाग्ने निश्चित छ। खानेपानी आयोजनास्थल भौगोलिकरुपमा कमजोर हुनु, निरन्तर पहिरो जानुजस्ता कारणले आयोजनाको लागतसमेत बढेर गएको छ।

सत्तरी प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट सुरु गरिएको आयोजनाले अहिलेसम्म ११ किमि पाइप लाइन विस्तार, सात लाख लिटरको दुईवटा मुख्य ट्याङ्की, प्रशोधन केन्द्र निर्माण गरिसकेको छ। आयोजनाको सहायक प्रशोधन केन्द्र र मोटर जडान तथा विद्युतीकरणको काम अझै बाँकी छ। खानेपानी सङ्कलनका लागि आयोजनाले रातमाटामा एउटा पाँच लाख लिटर र अर्को दुई लाख लिटरको ट्याङ्की निर्माण गरिसकेको छ।

काठेखोलाको पानी तान्ने पाँचवटा समवेयल, आयोजनास्थलमा खानेपानी सङकलन र ट्याङ्की निर्माण दुई वर्ष अघिनै भइसकेको छ। कोरोना महामारी र पहिरो रोकथामका लागि थप पूर्वाधार निर्माण गर्दा आयोजनाको काममा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ। अहिले म्याद सकिएको आयोजना पुससम्म म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिइएको छ। बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ।

नगरपालिकाको जनसङ्ख्या वृद्धि भएपछि खाने पानीको समस्या बढ्दै जाँदा काठे खोलाको पानी लिफ्टमार्फत तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ। आयोजनास्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप छ करोड रुपैयाँ बढी लागत बढ्ने अनुमान गरिए अनुसार बजेट थप भएको छ, भने अहिले ट्रान्सफर र मोटरसमेत परिवर्तन गर्नका लागि पुनः मूल्याङ्कनको काम भइरहेको छ।

पुससम्म खानेपानी बजारवासीलाई पुर्‍याउने गरी काम भइरहेको निर्माणको जिम्मा पाएको कन्काई जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले बताए। 'भौगोलिक जटिलता र कोरोनाले ढिलाइ भएको हो, अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत आर्थिक र भौतिक प्रगति भइसकेको छ' उनले भने 'पहिरो रोकथामका लागि सम्झौताभन्दा बढीको कामको मूल्याङ्कन भइसकेको छ, अब पुसमा आयोजनाको काम सकिन कुनै समस्या देख्दिन।'

आयोजनास्थलमा पहिरो जाने र  आयोजनाको स्वरुप परिर्वतन हुँदा झण्डै १० करोड लागत अनुमान थप हुने देखिन्छ। बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ। आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ। डिभिजन खानेपानी कार्यालय, नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना अघि बढेको हो।  

खानेपानीलाई शुद्ध बनाइ वितरण गर्न पोखरास्थित उच्च अदालतको बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर परमादेशको समेत अवज्ञा हुँदै आएपछि आदेशको अवहेलनामा फेरी यही असारमा सोही अदालतमा रिट  दायर गरिएको थियो। धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखालाजस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। लिफ्ट आयोजना सम्पन्न भएपछि बागलुङ बजारमा मात्रै नभएर रमेटार, हाडेपाँखा र रातामाटाका घर–घरमा नयाँ धारा पु¥याइने जनाइएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस