चितवन– आयरल्याण्डको गलवेमा रहेको युनिभर्सिटी कलेज हस्पिटलमा कार्यरत ब्रिड ग्याबिन दुई हातमा न्यानो ब्लाङकेट बोकेर उकालो उक्लदै थिइन्। आफ्नो देशभन्दा सात समुन्द्र पर रहेको नेपाल आएकी उनी चितवनको पहाडी गाविस दारेचोकको धुसा गाउँ उक्लिनुको उद्देश्य थियो भुकम्प पिडित चेपाङहरुलाई जाडोबाट जोगाउनु।दुई पटक नेपाल आउँदा यहाँको प्राकृतिक सुन्दरता र स्थानीयको सत्कारले मन्त्र मुग्ध भएकी उनी बैशाख १२ मा भुकम्प गएको खवरले निकै पिरोलिइन्। 'नेपालमा भुकम्पले थुप्रैको घर भत्केको सुनेपछि मलाई साह्रै नराम्रो लाग्यो,' भूकम्पले घर भत्काएपछि गाउँभन्दा केही वर अस्थायी शिविरमा बस्दै आएका धुसाका ३० घर चेपाङ परिवारलाई भेटेर उनले सुनाइन् ।
अस्पतालमा काम गर्ने सवैले कफीको पैसा जोगाएर ब्लाङकेट किनेको उनले बताइन् । 'भूकम्पले घर भत्किएको छ । जमिन चिरा परेको छ । घर नजिकका पहाडमा पनि धाँजा फाटेको छ । वर्खामा पहिरो जाला भन्ने डरले पुरानो ठाउँभन्दा वर यहाँ आएर अस्थायी छाप्रोमा बसेका हौं,' फूलमति चेपाङले भनिन् । मंसिरसम्मका लागि भनेर अस्थायी शिविरमा बसे पनि फर्केर पुरानो ठाउँमा जाने अवस्था अझै नरहेको उनले बताइन् । जस्ताले छाएको र बारको छाप्रोमा चिसो लागेपछि बस्न झनै सकस थियो । तर विदेशबाट न्यानो व्लाङकेट बोकेर आएको ब्रिडलाई देख्दा उनीहरु केही खुसी देखिए ।
'यो निकै सानो सहयोग हो । तर यसले तपाइँको शरिरलाई मात्रै होइन हाम्रो माया रहने मुटुलाई पनि न्यानो बनाउँछ भन्ने मेरा आशा छ,' ब्रिडले भनिन् । लायन्स क्लब चितवन सौराहाको संयोजनमा राहत सामाग्री वितरण भएको हो । ब्लङ्केटसँगै भुकम्प पिडितहरुलाई सौर्य उर्जाबाट बल्ने बत्ती पनि वितरण गरिएको थियो ।
धुसाको अस्थायी शिविरका साथै ब्लाङकेट र सोलार टुकी दारेचोककै रुप्लाङ, तीन घरे र ओरेकका भूकम्प पीडितहरुलाई पनि प्रदान गरिएको छ। दारेचोक भुकम्मबाट जिल्लामा सवैभन्दा धेरै घरहरु भत्केको चितवनको पहाडी गाविस हो।
ब्रिडको अग्रसरतामा आयरल्याण्डमा संकलित रकमबाट चार गाउँका ८६ घरमा एउटा सोलार टुकी र दुईवटा ब्लाङ्केटहरु वितरण गरिएको हो । धुसामा जस्तै ओरेक र तीन घरेमा पनि दारेचोक गाविसले अस्थायी छाप्राहरु बनाएर भुकम्प पिडितहरुलाई राखेको छ । चिसो सुरु भएका कारण उनीहरुमाथि समस्या थपिएको स्थानीयहरुले बताए ।