काठमाडाैं-गृह मन्त्रालयले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली सीमा क्षेत्रमा प्रवेश गरि नेपाली नागरिकमाथि गोली हानेको पुष्टि गरेको छ। एसएसबीले चलाएको गोली लागेर चार नेपाली नागरिक घाइते भएको विवरण उल्लेख गर्दै सो विषयमा भारतसँग जानकारी लिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।
गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले एसएसबीले नेपाली सीमा भित्र प्रवेश गरि नेपाली नागरिकलाई गोली हानेकोमा मन्त्रालयले गम्भीर अापत्ति जनाउँदै कुटनीतिक तहबाट सो विषयमा भारतसँग जानकारी लिन परराष्ट्रमा बुधबार पत्र पठाएको नागरिकन्युजलाई जानकारी दिए।
बुधबार बिहानै सुनसरीको भण्टाबारी स्थित सीमा सुरक्षा बलका भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गाेली लागेर हरिपुर-७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव घाइते भएका थिए।
घटनाको पछि एसएसबीका सतना पोष्टका इन्चार्ज रणविर सिंहले गल्ती स्वीकार गर्दै नेपाली सुरक्षा अधिकारीलाई टेलिफोन गरी घटनामा आफ्ना जवानहरुबाट गल्ती भएको स्वीकार गरेका थिए।
यो पनि पढ्नुहोस्ः
गोली प्रहारको बचाउमा भारतीय दूतावासले झुटो वक्तव्य निकाल्यो
एसएसबीले यसरी आक्रमण गरे नेपालीलाई
गोली चलाउनु भारतीय सुरक्षा बलको गल्तीः प्रजिअ पन्थ