काठमाडौं–प्रहरीले एक साताभित्र कालोबजारीका लागि उपत्यका भित्र्यइएको १४ हजार लिटर पेट्रोल र १७ हजार लिटरभन्दा बढी डिजेलसहित ६० भन्दा बढी कारोबारीलाई पक्राउ गरेको छ ।झापाको काँकडभिट्टालगायत क्षेत्रबाट काठमाडौं आउने सवारीसाधनले छत र भित्र पेट्रोलका ड्रम र ग्यालेन राखेर आउने क्रम बढेपछि प्रहरीले बिहीबार मात्रै १४ वटा सवारीसाधन नियन्त्रणमा लिई १५ हजार लिटर डिजेल र ७ हजार लिटर पेट्रोल जफत गरेको छ । २ हजार लिटर मट्टीतेल र ३७ सिलिन्डर ग्याससमेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार बिहीबार काँकडभिट्टाबाट काठमाडौं आएको मकालु यातायातसँगै माइक्रोबस, पिकअप भ्यान, बोलेरोमा राखेर ल्याइएका इन्धन नियन्त्रणमा लिइएको हो । ठूलो परिमाणको इन्धन ल्याउनुको प्रयोजन खुलाउन नसक्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान बढाएको उनले जानकारी दिए ।
भारतीय नाकाबाट तस्करी गरी नेपाल भित्र्याएर महँगो मूल्यमा काठमाडौंमा बिक्रीका लागि ल्याइएको दाबी गर्दै प्रहरीले इन्धन र सवारीसाधन नियन्त्रणमा लिएको हो । भारतले नाकाबन्दी थालेसँगै कालोबजारी बढे पनि प्रारम्भमा प्रहरीले नरम नीति लिएको थियो ।
काठमाडौं प्रहरीले एक सातामा काठमाडौंका विभिन्न स्थानबाट कालोबजारीमा संलग्न रहेको आरोपमा ४१ जनालाई ५ हजार लिटर पेट्रोल र एक हजार लिटर डिजेलसहित पक्राउ गरिसकेको छ ।